default_image

2 years ago

September 5, 2022

अर्जुनको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा ओपनर अर्जुन साउदले केन्यासँगको तेस्रो एकदिवसिय अभ्यास खेलमा अर्धशतक प्रहार गरेका छन् । जितको लागि २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा १ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको छ । नेपालका अर्जुन साउद ८४ बलमा २ चौका र २ छक्कासहित ५२ रनमा अविजित छन् […]

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा ओपनर अर्जुन साउदले केन्यासँगको तेस्रो एकदिवसिय अभ्यास खेलमा अर्धशतक प्रहार गरेका छन् ।

जितको लागि २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा १ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको छ । नेपालका अर्जुन साउद ८४ बलमा २ चौका र २ छक्कासहित ५२ रनमा अविजित छन् ।

ज्ञानेन्द्र मल्ल ४७ बलमा १ चौकासहित २९ रनमा क्रिजमा छन् । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र अर्जुनले ७० रनको साझेदारी गरेका छन् ।

ओपनर आसिफ शेख ४३ बलमा ९ चौका र २ छक्कासहित ५६ रनमा आउट भएका छन् । आसिफको पहिलो खेलमा केन्याविरुद्ध १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । दोस्रो खेलमा भने आसिफलाई नेपालले विश्राम दिएको थियो ।

त्यसअघि जिमखाना क्लब मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५५ रन बनायो । केन्याका तेस्रो नम्बरका ब्याटर कोलिन्स ओबुयाले १ सय ११ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ८४ रन बनाए ।

स्पिनर साहब आलमले बोल्ड गरेपछि उनी शतक बनाउन चुकेका थिए । तल्लोक्रमका लुकास ओलुओचले २७ बलमा ५ चौका र ५ छक्कासहित आक्रामक ५७ रनको अविजित इनिङ खेलेका थिए । अन्तिम ओभरमा स्पिनर बसिर अहमदलाई लुकासले २० रन प्रहार गरेका थिए । नेपालका सोमपाल कामी र आदिल अन्सारीले दुई दुई विकेट लिए ।

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

Success

Thank you for your time.