default_image

3 years ago

September 7, 2022

पाकिस्तानले टस जित्यो

369 views

0 Bookmark

एजेन्सी – टि२० एसिया कप २०२२ को सुपर फोरमा पाकिस्तानले अफगानिस्तानविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । शारजाह क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

पाकिस्तानले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । अफगानिस्तानले टोलीमा दुई परिवर्तन गरेको छ । आज फरिद मलिक र आजमतुल्लाह ओमरजाईले मौका पाएका छन् । नविन उल हक र सामीउल्लाह शिनवारीलाई बेन्चमा राखेको छ ।

पाकिस्तान आजको खेलमा विजयी हुँदा फाइनल पुग्नेछ । पाकिस्तान विजयी हुँदा श्रीलंका पनि फाइनलमा स्थान पक्का गराउनेछ । तर पाकिस्तान विजयी हुँदा भारत भने सुपर फोरबाटै औपचारिक रुपमा बाहिरिनेछ । त्यसैले भारत पाकिस्तानको हार चाहन्छ ।

पाकिस्तानले सुपर फोरमा भारतलाई ५ विकेटले हराएको थियो । उक्तक्रममा पाकिस्तानले भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य १९।५ ओभरमा पूरा गरेको थियो । समूह चरणमा पाकिस्तान भारतसँग ५ विकेटले नै पराजित भएको थियो । भारत श्रीलंकासँग ६ विकेटले पराजित भएपछि सुपर फोरबाटै बाहिरिने उच्च सम्भावना छ । भारतको झिनो अंक गणीतिय सम्भावना मात्र बाँकी छ । भारत फाइनलमा पुग्न पाकिस्तानले दुबै खेल हार्नुपर्छ ।

पाकिस्तान र अफगानिस्तानबीच हालसम्म दुई टि२० आई खेल भएको छ । जसमा पाकिस्तान दुबै खेलमा विजयी भएको छ । गतवर्ष अफगानिस्तानलाई हराउन आसिफ अलीले १९ औं ओभरमा करिम जन्नतलाई चार छक्का हान्दै खेल जिताएका थिए । बिहीबार भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार पाकिस्तान र श्रीलंका भिड्नेछन् । श्रीलंका अनौपचारिक रुपमा फाइनलमा पुगि सकेको छ । फाइनल आइतबार हुनेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.