default_image

2 years ago

September 9, 2022

सिप्यान अवार्ड : दीपेन्द्र र सीता वर्ष उत्कृष्ट खेलाडी

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रदान गरेको एनसिसी सिप्यान वर्ष उत्कृष्ट खेलाडीको पुरुषतर्फ दीपेन्द्रसिंह ऐरी र महिलातर्फ सीता रानामगरले जितेकी छिन् । त्यस्तै विशेष अवार्ड पारस खड्का, उदीयमान देव खनाल र उत्कृष्ट क्षणको अवार्ड अश्मिना कर्माचार्यले जितेकी छिन् ।

वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड दीपेन्द्रसिंह ऐरीले जितेका छन् । दीपेन्द्रले गत मार्चमा पपुवा न्युगिनीविरुद्ध ओडिआईमा १ सय ५ र टि२० आईमा मलेसियाविरुद्ध १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । टि२० आईमा एक खेलमा नेपाली ब्याटरको उच्च प्रदर्शन हो । टि२० आईमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी समेत हुन् ।

दीपेन्द्र आइसिसीको टि२० आई वरियतामा शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी समेत हुन् । दीपेन्द्रले १ लाख ३२ हजार प्राप्त गरेका छन् । वर्ष क्रिकेट खेलाडीको मनोनयमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर करण केसी, उपकप्तान रोहित पौडेल र ओपनर कुशल भुर्तेल थिए ।

सिप्यान वर्ष महिला उत्कृष्ट खेलाडीको अवार्ड सीता रानामगरले जितेकी छिन् । सीता नेपाली महिला क्रिकेटबाट अन्तर्राष्ट्रिय स्तरमा एक खेलमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले गतवर्ष नोभेम्बरमा कतारविरुद्ध दोस्रो टि२० आई खेलमा ८२ रनको कीर्तिमानी इनिङ खेलेकी थिइन् । सीताले १ लाख ३२ हजार प्राप्त गरिन् । महिला वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा ज्योति पाण्डे, ईन्दु बर्मा, सिता रानामगर, कविता कुँवर र रुविना क्षेत्री थिए ।

त्यस्तै सिप्यान विशेष अवार्ड पूर्व कप्तान पारस खड्काले जितेका छन् । पारसले १ लाख ३२ हजार पुरस्कार प्राप्त गरे । पारसको कप्तानीमा नेपालले डिभिजन पाँच देखि तीन सम्मको उपाधि, पहिलो पटक २०१४ मा टि२० विश्वकप र २०१८ मा ऐतिहासिक ओडिआई मान्यता दिलाएका थिए ।

नेपालका पूर्व सफल कप्तान तथा खेलाडी पारस टि२० आई र ओडिआई दुबैमा शतक हान्ने पहिलो खेलाडी हुन् ।

सिप्यान उदीयमान खेलाडीको अवार्ड देव खनालले जितेका छन् । उदीमायन खेलाडीको मनोेयनमा स्पिनर सागर ढकाल, अलराउन्डर आदिल अन्सारी, आक्रामक ब्याटर लोकेश बम, लेगस्पिनर हिरान्मई रोय र ओपनर देव खनाल थिए । देव खनालले गत मार्चमा पपुवा न्युगिनीसँग पहिलोे ओडिआई खेलमा डेब्यू गरेका थिए ।

दोस्रो खेलमा देवले ७२ रनको इनिङ खेलेका थिए । त्यसपछि देवले १० खेलमा २ अर्धशतक सहित २ सय ५३ रन बनाएका छन् । पुषमा लुम्बिनी प्रदेशलाई यू–१९ राष्ट्रिय प्रतियोगिताका उपाधि जिताउन सानदार प्रदर्शन गरेका थिए । त्यस्तै यू१९ एसिया कपमा नेपालको कप्तानी गरेका थिए । देवले ट्रर्फी र ६६ हजार प्राप्त गरे ।

वर्षको उत्कृष्ट क्षणको अवार्ड अश्मिना कर्माचार्यले जितेकी छिन् । यस अवार्ड भोटमार्फत प्रदान गरिएको हो । अश्मिनाले ३ हजार ७ सय १९ भोटका साथ अवार्ड जितेकी हुन् ।

अश्मिना कर्माचार्यले गत जुनमा टि२० एसिया कप छनोटको सेमिफाइनलमा युएईविरुद्ध ३.५ ओभरमा १० रन खर्चेर ५ विकेट लिएकी थिइन् । युएईलाई ८१ रनमा अल आउट गरेपनि वर्षाको कारण नेपाल एसिया कप खेल्नबाट बाहिरिएको थियो । अस्मिनाले ६६ हजार प्राप्त गरिन् ।


उत्कृष्ट क्षणको मनोनयनमा नेपालले पहिलो पटक स्कटल्यान्डलाई हराएको, अस्मिनको उक्त प्रदर्शन, कुशल मल्ल डेब्यू टि२० आईमा लगातार तीन अर्धशतक, दीपेन्द्रसिंह ऐरीको ओडिआई पपुवा न्युगिनी र टि२० आईमा मलेसियाविरुद्ध शतक थियो ।

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र […]

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

May 15, 2024

क्रिकेटर सन्दीपले‌ सफाइ पाए

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेले बुधबार बलात्कार मुद्दामा सफाइ पाएका छन्‌। काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले ले उच्च अदालत, पाटनबाट सफाइ पाएका हुन्। उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले यो निर्णय गरेको हो।मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो निर्णय आएको हो। जिल्ला अदालतको […]

Success

Thank you for your time.