default_image

3 years ago

September 9, 2022

श्रीलंकाले पाकिस्तानलाई हरायो

256 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले युएईमा जारी टि२० एसिया कप २०२२ को सुपर फोरको अन्तिम खेलमा पाकिस्तानलाई पाँच विकेटले हराएको छ । योसँगै श्रीलंका सुपर फोरमा तीन खेलमा अपराजित रहँदै शीर्ष स्थानका साथ फाइनल खेल्ने भएको छ । पाकिस्तानले दोस्रो स्थानमा रहँदै फाइनल खेल्ने भएको छ ।

जितको लागि १ सय २२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १७ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका ओपनर पाथुम निसंकाले ४८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५५ रनमा अविजित रहे । निसंकाको यो लगातार दोस्रो अर्धशतक हो । भारतलाई हराउन निसंकाले ५२ रनको योगदान दिएका थिए ।

कुशल मेन्डिस र गुनाथिलका डक आउट भए । भानुका राजपक्षे १९ बलमा २ छक्कासहित २४ रनमा आउट भए । कप्तान दासुन शनका १६ बलमा १ चौका र २ छक्कासहित २१ रनमा आउट भए । धनन्जय डि सिल्भा ९ र वानिन्दु हसरंगाले १० रन बनाए ।

पाकिस्तानका मोहम्मद हसनैनले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । हरिस रौफले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । उस्मान कादिरले एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तान १९.१ ओभरमा १ सय २१ रनमा अल आउट भयो । पाकिस्तानका बाबर आजमले २९ बलमा २ चौकासहित सर्वाधिक ३० रनमा आउट भए ।

ओपनर मोहम्मद रिजवान १४, फखार जमान र इफ्तिखर अहमद १३–१३ रनमा आउट भएको थियो । मोहम्मद नवाज १८ बलमा १ चौका र २ छक्का हाने ।

श्रीलंकाका वानिन्दु हसरंगाले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । मेहश थिक्सनाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । डेब्यू खेल खेलेका प्रमोद मदुशानले २.१ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

आइतबार फाइनलमा उपाधिको लागि श्रीलंका र पाकिस्तानबीच नै प्रतिस्पर्धा हुनेछ । भारत र अफगानिस्तान भने सुपर फोरबाटै बाहिरिएका थिए ।

श्रीलंकाले सुपर फोरमा भारतलाई ६ विकेट र अफगानिस्तानलाई ४ विकेटले पराजित गरेको थियो । पाकिस्तानले भारतलाई ५ विकेट र अफगानिस्तानलाई एक विकेटले हराएको थियो ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.