default_image

2 years ago

September 11, 2022

भारतीय लेजेन्ड्सको सानदार विजयी सुरुवात

103 views

0 Bookmark

एजेन्सी – भारतीय लेजेन्ड्सले रोड सेफ्टी वल्र्ड सिरिजमा दक्षिण अफ्रिका लेजेन्ड्समाथि ६१ रनको सानदार जित हात पारेको छ । जितको लागि २ सय १८ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनायो ।

दक्षिण अफ्रिकाका लागि कप्तान जोन्टी रोड्सले २७ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३८ रनमा अविजित रहे । एन्ड्रयू पुटिक २३, मोर्ने भान २६ र ज्याकस रुडोफले १६ रन बनाए ।

भारतीय लेजेन्ड्सका राहुल शर्माले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । मुनाफ पटेल र प्रज्ञान ओझाले दुई दुई विकेट लिए । इरफान पठानले एक विकेट लिए ।

त्यसअघि कानपुरमा टस जितेर पहिला ब्याटिङ थालेको भारतीय लेजेन्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो । भारतीय स्टुअर्ट बिन्नीले ४२ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ८२ रनको अविजित इनिङ खेलेका थिए । युसुफ पठान १५ बलमा १ चौका र ४ छक्कासहित ३५ रनको आक्रामक इनिङ खेले ।

पाँचौं विकेटका लागि पठान र बिन्नीले ८८ रनको अविजित साझेदारी गरे । ओपनर नमन ओझा १८ बलमा ४ चौकासहित २१ रनमा आउट भए । कप्तान सचिन तेन्दुलकर १५ बलमा २ चौकासहित १६ रनमा आउट भए ।

सुरेश रैनाले २२ बलमा ४ चौका र १ छक्कासहित ३३ रनको इनिङ खेले । दक्षिण अफ्रिकाका जोहान भान डेर वाथ ३ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

प्रतियोगितामा भारत, न्युजिल्यान्ड, इंग्ल्यान्ड, बंगलादेश, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिका लेजेन्ड्सको सहभागीता छ ।

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र […]

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

May 15, 2024

क्रिकेटर सन्दीपले‌ सफाइ पाए

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेले बुधबार बलात्कार मुद्दामा सफाइ पाएका छन्‌। काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले ले उच्च अदालत, पाटनबाट सफाइ पाएका हुन्। उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले यो निर्णय गरेको हो।मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो निर्णय आएको हो। जिल्ला अदालतको […]

Success

Thank you for your time.