default_image

3 years ago

September 12, 2022

लुम्बिनीमाथि पुलिसको सानदार जित

304 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओेपनर कुशल भुर्तेल, आरिफ शेख र स्पिनर ललितनारायण राजवंशीको सानदार प्रदर्शनमा नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि ७६ रनको सानदार जित हात पारेको छ ।


जितको लागि २ सय ५ रनको विशाल विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट १ सय २८ रन बनायो । लुम्बिनीका बसिर अहमद २८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रनमा अविजित रहे । सौरभ खनाल २० बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर करण केसीको बलरमा ओपनर देव खनाल ६ रनमा विकेटकिपर दीलिप नाथबाट क्याच आउट भए । अर्का ओपनर प्रज्वल थापालाई करणले १० रनमा एलबीडब्लू आउट गरे । ललितनारायण राजवंशीले सन्दीप रजालीलाई ७ रनमा आरिफ शेखबाट क्याच गराएका थिए ।

गुलशन झाको बलमा विशाल विक्रम केसी ४ रनमा आउट भए । १३ औं ओभरको अन्तिम बलमा ललितले सौरभ खनाललाई बोल्ड गरेपछि जित नजिक पुगेको थियो । लुम्बिनीलाई अन्तिम १० ओभरमा १ सय ६६ रन चाहिँएको हुँदा जित त्यहिँ टाढि सकेको थियो ।

ललितले नै कप्तान कृष्ण कार्कीलाई ६ रनमा बोल्ड गरे । गुलशन झाले तुलबहादुर थापालाई ६ रनमा बोल्ड गरेपछि लुम्बिनी ७७–७ को अवस्थामा पुगेको थियो ।

पुलिसका ललितनारायण राजवंशीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । करण केसीले ४ ओभरमा १ मेडनसहित २७ रन खर्चेर २ विकेट लिए । गुलशन झा ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । पुलिसका ओपनर कुशल भुर्तेल ३६ बलमा ७ चौका र ५ छक्कासहित ७५ रनको विष्फोटक इनिङ खेले ।

आरिफ शेख २२ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा अविजित रहे । आरिफले अन्तिम बलमा दुई रन लिँदै अर्धशतक हानेका थिए । आरिफले २२ बलमा र कुशलले २३ बलमा अर्धशतक हानेका थिए ।

कुशल स्पिनर बसिर अहमदको दशौं ओभरको पाँचौं बलमा एलबीडब्लू आउट भएपछि शतक बनाउन २५ रनले चुकेका थिए । जुन समय पुलिसले १ विकेट गुमाउँदै ९७ रन बनाई सकेको थियो ।

अर्का ओपनर सुनिल धमला १३ औं ओभरको पाँचौं बलमा एज लागेर ३५ रनमा कृष्ण कार्कीबाट क्याच आउट भए । धमलाले ३१ बलमा ३ चौका र १ छक्का ३५ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी स्पिनर अनिल खरेलको १४ औं ओभरको अन्तिम बलमा ३ रनमा विकेटकिपर प्रज्वल थापाबाट क्याच भए ।

दीलिप नाथ २७ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा आउट भए । लुम्बिनीका बसिर अहमद, अनिल खरेल, दीपेन्द्र रावत र विशाल विक्रम केसीले एक एक विकेट लिए ।

आजको खेलमा पुलिसले मञ्जित श्रेष्ठलाई बेन्चमा राखेको छ । मञ्जित राष्ट्रिय प्रतियोगितामा पहिलो पटक बेन्चमा बसेका हुन् । दीपेन्द्रसिंह ऐरीले पहिलो पटक पुलिसको कप्तानी गरेका छन् ।

समूह ए मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश हुनेछन् । समूह बी मा एनआरएनए नेपाल, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र नेपाल एपिएफ क्लब छन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल भदौ ३० र फाइनल भदौ ३१ मा हुनेछ ।

पुलिसले वर्षाको कारण मधेश प्रदेशसँग भने वर्षाको कारण अंक बाँडेको थियो । सुदूरपश्चिमलाई ९ विकेटले हराएको थियो । पुलिसले चौथो खेलमा मंगलबार मुलपानीमा गण्डकी प्रदेशसँग खेल्नेछ । यता लुम्बिनीको यो तेस्रो खेल हो । लुम्बिनीले कर्णाली, गण्डकी र मधेश प्रदेशसँग अंक बाँडेको थियो । लुम्बिनीले अन्तिम खेल मंगलबार आर्मीसँग खेल्नेछ ।

पुलिस समूह ए मा ५ अंकका साथ शीर्ष स्थानमा छ । आर्मी ४ अंकका साथ दोस्रो स्थानमा छ । आजको पहिलो खेलमा भने आर्मीले मधेश प्रदेशलाई ६ विकेटले हराएको थियो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.