default_image

2 years ago

September 12, 2022

उपाधि दाबेदार भारतको टि२० विश्वकप खेल्ने टोली घोषणा

127 views

0 Bookmark

एजेन्सी – उपाधिको दाबेदार भारतले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपको आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ । रोहित शर्माको कप्तानीमा घोषणा टोलीमा तीव्र गतिका बलर जस्प्रित बुमराह र हर्षल पटेलले पूनरागमन गरेका छन् ।

एसिया कपमा चोटका कारण अलराउन्डर रविन्द्र जडेजाले भने विश्वकप टोलीमा छैनन् । भारतको ब्याटरमा विराट कोहली, लोकेश राहुल, रोहित शर्मा, हार्दिक पान्ड्या र सूर्यकुमार यादव जस्ता विश्वस्तरिय खेलाडी छन् । जसको कारण भारतको ब्याटिङ लाइअप मजबुत देखिन्छ । अघिल्लो साता विराट कोहलीले एसिया कपमा अफगानिस्तानविरुद्ध शतक हान्दै लयमा फर्किएका समेत छन् ।

तीव्र गतिको बलरमा बुमराह, भुवनेश्वर कुमार, अर्शदीप र हर्षल पटेल छन् । तीव्र गतिको बलिङलाई हार्दिकले पनि साथ दिनेछन् । अष्ट्रेलियाको पिच तीव्र गतिका बलरलाई बढी फाइदा समेत पुग्छ । स्पिनरमा उत्कृष्ट लेगस्पिनर युजभेन्द्र चहल र आश्विन छन् । यसले भारतको टिम सन्तुलित र मजबुत देखिन्छ । भारत उपाधिको प्रमुख दाबेदार टोली समेत हो ।

गतवर्ष भने भारत पाकिस्तानसँग १० विकेट र न्युजिल्यान्डसँग ८ विकेटले पराजित हुँदै सुपर १२ बाटै बाहिरिएको थियो । भारत यसपटक भने उपाधि जित्ने लक्ष्यमा छन् । तर एसिया कपमा यसै साता सुपर फोरबाट बाहिरिएको हुँदा अतिरिक्त दबाबमा छ ।

सुपर फोरमा पाकिस्तानसँग ५ विकेट र श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । भारत एसिया कपको गल्ती सुधार गर्दै विश्वकप जित्न चाहन्छ । बुमराह र हर्षलको पूनरागमनले मनोबल अझ उच्च हुनेछ ।

भारतले दुबै विकेटकिपर दीनेश कात्तिक र ऋषभ पन्तलाई मौका दिएको छ । यी दुई मध्य प्लेइङ ११ मा एक मात्र खेल्ने देखिन्छ । गतवर्ष विश्वकप खेलेका ईशान किशन टोलीमा छैनन् ।

तीव्र गतिका बलर उमरान मलिक, मोहम्मद शामी, आवेश खान, शार्दुल ठाकुर, श्रेयस ऐर, टि नटराजन, शिवम दुबे, सञ्जु स्यामसन, नितिश राणा, ऋतुराज गायकवाड लगायतका खेलाडीले विश्वकपमा स्थान बनाउन सकेनन् ।

भारतले सन् २००७ को पहिलो संस्करणको टि२० विश्वकप उपाधि जितेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा त्यो समय विश्वकप जित्दाका सदस्य रोहित र दीनेश कार्तिक अहिले पनि टोलीमा छन् ।

त्यसपछि भारतले २०१४ को टि२० विश्वकपमा विश्वकपको फाइनलमा पुगेको थियो । फाइनलमा भने श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । २०१६ को टि२० विश्वकपमा घरेलु टोली भारत सेमिफाइनलमा वेस्टइन्डिजसँग पराजित हुँदै बाहिरिएको थियो ।

भारतले अन्तिम पटक २०११ को एकदिवसिय विश्वकप उपाधि जितेको थियो । त्यसपछि विश्वकप जित्न सकेको छैन । विश्व क्रिकेटको पावर हाउस भारतलाई उपाधिको दबाब छ । सिरिजमा सानदार प्रदर्शन गर्दै आएपनि ठूला प्रतियोगितामा भारत लगतार चुक्दै आएको छ ।

टि२० विश्वकप आगमी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियाका विभिन्न सहरमा हुनेछ । पहिलो चरणबाट सुपर १२ मा समूहका शीर्ष दुई दुई टोली पुग्नेछन् ।

भारतको विश्वकप खेल्ने टोली :

रोहित शर्मा (कप्तान), लोकेश राहुल(उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त, दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, अक्षर पटेल, जस्प्रित बुमराह, भुवनेश्वर कुमार, हर्षल पटेल र अर्शदीप सिंह ।

वैकल्पिक : मोहम्मद शामी, श्रेयस ऐर, रवि विश्रोई र दीपक चाहर ।

पहिलो चरणको समूह ए – श्रीलंका, नामिबिया र युएई, नेदरल्यान्ड्स

समूह बी – वेस्टइन्डिज, स्कटल्यान्ड, आयरल्यान्ड र जिम्बावे

सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता

सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता

May 15, 2024

क्रिकेटर सन्दीपले‌ सफाइ पाए

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन्‌। काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले ले उच्च अदालत, पाटनबाट सफाइ पाएका हुन्।उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले यो निर्णय गरेको हो।मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो निर्णय आएको हो।जिल्ला अदालतको फैसलाविरुद्ध लामिछानेले गत फागुन […]

May 15, 2024

बागमतीको पहिलो जित 

काठमाडौँ (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर्स कपमा बागमती प्रदेशले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बागमतीले वर्षाले प्रभावित खेलमा जितविहिन कोशी प्रदेशलाई ८ विकेटले हराएको हो । ढिलो सुरुवात भएका कारण १३ ओभरमा घटाइएको खेलमा बागमतीले कोशीले पस्किएको ६४ रनको लक्ष्य ११.२ ओभरमा २ विकेट गुमाएर […]

May 15, 2024

विश्वकप जर्सी केल्मीबाट नेपालभर डेलिभर हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टि२० विश्वकपमा प्रयोग गर्ने जर्सी किट निर्माण गर्ने कम्पनी केल्मीले आम समर्थकका लागि जर्सी नेपालभर डेलिभर गर्ने भएको छ । केल्मीले ३६ सय रुपैयाँमा जर्सी विक्री गर्दैछ । यसअघि प्रि-अर्डरको विशेष अफरमा २५ सय रुपैयाँमा बुकिङ खुल्ला गरिएको थियो भने त्यो अफर समाप्त भइसकेको छ । […]

Success

Thank you for your time.