default_image

2 years ago

September 13, 2022

विश्वकप टोलीमा नभएका भारतका पाँच स्टार

99 views

0 Bookmark

एजेन्सी – उपाधिको दाबेदार भारतले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपको आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ । रोहित शर्माको कप्तानीमा घोषणा टोलीमा तीव्र गतिका बलर जस्प्रित बुमराह र हर्षल पटेलले पूनरागमन गरेका छन् ।

तीव्र गतिका बलर जस्प्रित बुमराह र हर्षल चोटपछि फर्किएका हुन् । टि२० एसिया कपमा यी दुई बलर नहुँदा भारत सुपर फोरबाटै बाहिरिएको थियो ।

गतवर्ष भने भारत पाकिस्तानसँग १० विकेट र न्युजिल्यान्डसँग ८ विकेटले पराजित हुँदै सुपर १२ बाटै बाहिरिएको थियो । भारत यसपटक भने उपाधि जित्ने लक्ष्यमा छ । तर एसिया कपमा यसै साता सुपर फोरबाट बाहिरिएको हुँदा अतिरिक्त दबाबमा छ ।

सुपर फोरमा पाकिस्तानसँग ५ विकेट र श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । भारत एसिया कपको गल्ती सुधार गर्दै विश्वकप जित्न चाहन्छ । बुमराह र हर्षलको पूनरागमनले मनोबल अझ उच्च हुनेछ ।

भारतले दुबै विकेटकिपर दीनेश कात्तिक र ऋषभ पन्तलाई मौका दिएको छ । यी दुई मध्य प्लेइङ ११ मा एक मात्र खेल्ने देखिन्छ ।

भारतमा खेलाडीबीच उच्च प्रतिस्पर्धा छ । जसले गर्दा थुप्रै स्टार खेलाडीले मौका पाउन सकेका छैनन् । टि२० विश्वकपमा नभएका भारतका पाँच स्टार खेलाडी यस प्रकार छन् ।

५. श्रेयस ऐर

मध्यक्रमका ब्याटर श्रेयस ऐरले विश्वकप टोलीमा स्थान बनाउन सकेनन् । ऐरलाई भारतले वैकल्पिक खेलाडीको सूचिमा राखेको छ । २७ वर्षीय ऐरले भारत र आइपिएलमा मध्यक्रमका राम्रो प्रदर्शन गर्दै आएका छन् । दिल्लीको तीन वर्ष कप्तानी गरेका श्रेयस ऐर गत सिजनदेखि कोलकाता नाइट राइडर्सको टोलीको नेतृत्व गरेका छन् ।

मध्यक्रममा भारतका विराट कोहली, सूर्यकुमार यादव र ऋषभ पन्त भएपछि श्रेयरले मौका नपाएका हुन् । ऐरले चौथो र पाँचौं नम्बरमा ब्याटिङ गर्ने गर्दछन् । तर त्यस नम्बरमा सूर्यकुमार यादव, पन्त र हार्दिक पान्ड्या हुँदा श्रेयसले मौका पाउन सकेनन् ।

श्रेयस सूर्य अघि भारतले चौथो नम्बरमा खेलाएको थियो । उनले ४६ टि२० आई खेलमा ७ अर्धशतकसहित कुल १ हजार २९ रन बनाएका छन् । उनको स्ट्राइकरेट १३६.६५ छ । तर त्यो भूमिका सूर्यले अझ सानदार प्रदर्शन गरेपछि मौका पाउन सकेनन् ।

४.सञ्जु स्यामसन

विकेटकिपर सञ्जु स्यामसन भारतमा अवसर नपाएका खेलाडी हुन् । आइपिएलमा लगातार सानदार प्रदर्शन गर्दै आएका स्यामसनले भारतीय टोलीमा मौका पाउन सकेनन् । विकेटकिपरमा पन्त र कार्तिकलाई राखेको छ ।

तेस्रो विकल्पमा लोेकेश राहुल पनि हुनेछन् । सञ्जु ओपनिङ देखि तल्लोक्रमसम्म राम्रो ब्याटिङ गर्ने गर्दछन् । सञ्जुले १६ टि२० आई खेलमा एक अर्धशतकसहित कुल २ सय २९ रन बनाएका छन् । भूमिका खाली नभएपछि स्यामसनले मौका नपाएका हुन् ।

३.मोहम्मद शामी


तीव्र गतिका बलर मोहम्मद शामीलाई भारतले मौका दिन सकेन । भारतले तीव्र गतिका बलर जस्प्रित बुमराह, भुवनेश्वर कुमार, हर्षल पटेल र अर्शदीप सिंहलाई तीव्र गतिको बलरको रुपमा समेटेको छ । पार्टटाइममा हार्दिक पान्ड्या हुनेछन् ।

अर्शदीप सिंहले एसिया कपमा डेथ ओभरमा उत्कृष्ट प्रदर्शन गरेपछि शामीको स्थान कठिन बनेको थियो । भारतले शामीलाई वैकिल्पक खेलाडीको सूचिमा राखेको छ । अर्कोतर्फ शामीले भारतबाट टि२० आई गतवर्ष टि२० विश्वकपमा नामिबियाविरुद्धपछि खेलेका छैनन् ।

गतवर्ष गुजरात टाइटन्सलाई च्याम्पियन बनाउन शामीले आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै २० विकेट लिएका थिए । आइपिएलमा नयाँ बलका साथ पावर प्लेमा उत्कृष्ट प्रदर्शन गरेपछि उनको सम्भावना झनै बढेको थियो । तर भारतले उनलाई पछिल्लो समय मौका नै दिएको छैन ।

२ रविन्द्र जडेजा

भारतका प्रमुख स्पिन अलराउन्डर रविन्द्र जडेजा भने चोटका कारण टोलीमा पर्न नसेका हुन् । जडेजाले एसिया कपको समयमा घाइते हुँदा घुँडाको शल्यक्रिया गराएका थिए । जसको कारण जडेजाले भारतीय टोलीमा स्थान बनाउन सकेनन् ।

उनी नहुँदा भारतको स्पिन आक्रामणमा केहि असर समेत पर्नेछ । जडेजा तल्लोक्रममा राम्रो ब्याटिङ, उत्कृष्ट फिल्डर र स्पिनर हुन् । जडेजा घाइते भएपछि भारतले दीपक हुडालाई विश्वकप टोलीमा मौका दिएको छ ।

१. ईशान किशन

बायाँ हाते विकेटकिपर ईशान किशनले पनि भारतको टोलीमा स्थान बनाउन सकेकनन् । ओडिआई र टि२० आई दुबैमा डेब्यूमै अर्धशतक हान्ने पहिलोे भारतीय खेलाडी समेत रहेका ईशानले भारतको टोलीमा मौका पाएनन् । किशन गतवर्ष भने विश्वकप टोलीमा थिए ।

ओपनरमा रोहित र राहुल छन् । विराट कोहलीले यसै साता ओपनिङ गर्दै एसिया कपमा अफगानिस्तानविरुद्ध १ सय २२ रनको शतकीय इनिङ खेलेका थिए । कोहली पनि ओपनरका विकल्प हुन् । भारतले सूर्य कुमार यादवलाई पनि ओपनरमा प्रयोग गर्न सक्छ । चार ओपनरको विकल्प भएपछि किशनले मौका नपाएका हुन् ।

ईशानले भारतबाट १९ टि२० आई खेलमा ४ मा अर्धशतकसहित कुल ५ सय ४३ रन बनाएका छन् । उनको स्ट्राइकरेट १३१.१५ छ । विकेटकिपरमा कार्तिक, पन्त र राहुल छन् । त्यसैले स्थान बनाउन सकेनन् । बायाँ हाते ओपनर हुँदा मौका पाउन सक्ने अनुमान गरिएको थियो ।

भारतको विश्वकप खेल्ने टोली :

रोहित शर्मा (कप्तान), लोकेश राहुल(उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त, दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, अक्षर पटेल, जस्प्रित बुमराह, भुवनेश्वर कुमार, हर्षल पटेल र अर्शदीप सिंह ।

वैकल्पिक : मोहम्मद शामी, श्रेयस ऐर, रवि विश्रोई र दीपक चाहर ।

पहिलो चरणको समूह ए – श्रीलंका, नामिबिया र युएई, नेदरल्यान्ड्स

समूह बी – वेस्टइन्डिज, स्कटल्यान्ड, आयरल्यान्ड र जिम्बावे

सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता

सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता

उपाधि दाबेदार भारतको टि२० विश्वकप खेल्ने टोली घोषणा

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र […]

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

May 15, 2024

क्रिकेटर सन्दीपले‌ सफाइ पाए

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेले बुधबार बलात्कार मुद्दामा सफाइ पाएका छन्‌। काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले ले उच्च अदालत, पाटनबाट सफाइ पाएका हुन्। उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले यो निर्णय गरेको हो।मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो निर्णय आएको हो। जिल्ला अदालतको […]

Success

Thank you for your time.