default_image

3 years ago

September 13, 2022

आदिलको घातक बलिङमा मधेशलाई सामान्य लक्ष्य

250 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर आदिल अन्सारीले घातक बलिङ गर्दै पाँच विकेट लिएपछि कर्णाली प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई १ सय १५ रनको सामान्य लक्ष्य दिएको छ ।


टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा १ सय १४ रनमा अल आउट भयो । कर्णालीका ओपनर विपिन रावलले २५ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २५ रनमा बनाए । प्रकाश जैशीले २१ बलमा २ चौकासहित १९ रन बनाए । दिनेश अधिकारीले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

कर्णालीको सुरुवात भने राम्रो थियो । इनिङको पहिलो बलमै विपिन रावलले जितेन्द्र यादवलाई छक्का हान्दै खेलको सुरुवात गराएका थिए । आदिलले दोस्रो ओभरको तेस्रो बलमा निश्चल रावलाई विशाल शुश्लिङबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । एक समय कर्णाली ७ ओभरमा ४३–१ को अवस्थामा थियो । त्यसपछि भने लगतार विकेट गुमाएको थियो ।

संघर्ष गरेका कप्तान रविन्द्रजंग शाही बायाँ हाते पार्टटाइम स्पिनर रवि शाहको बलमा १० रनमा कट एण्ड बोल्ड आउट भए । शाहीले १९ बल खेलेका थिए । हरिशंकर शाहको बलमा ओपनर विपिन रावल कभरमा राकेश कामतबाट क्याच भएपछि कर्णाली ५१–४ को अवस्थामा पुगेको थियो ।

कर्णालीबाट पहिलो खेल खेलेका विपिन शाही चोभारतर्फ एण्डमा लङअनमा छक्का हान्ने धुनमा रुपेश सिंहलाई क्याच दिन पुगे । स्पिनर नविन यादवको बलमा आउट भएका शाहीले १५ बल खेल्दै ८ रन जोडे । त्यसपछि आदिल अन्सारीले १६ औं ओभरमा तीन विकेट लिँदै दुई रन खर्चिए ।

दोस्रो बलमा आदिलले सुबोध ऐरलाई पाँच रनमा तृथ दासबाट ५ रनमा क्याच आउट गराए । पाँचौं बलमा प्रकाश जैशी तृथबाटै क्याच आउट भए । अन्तिम बलान दिवान पुनलाई शून्यमा बोल्ड गरे । आदिलले १९ औं ओभरको चौथो बलमा दिनेश अधिकारीलाई सट मिडविकेटमा नविन यादवबाट क्याच गराउँदै आदिलले आफ्नो पाँच विकेट पूरा गरे ।

आदिलले राष्ट्रिय प्रतियोगितामा पहिलो पटक पाँच विकेट लिएका हुन् । मधेशका आदिल अन्सारीले ४ ओभरमा १४ रन खर्चेर ५ विकेट लिए । हरिशंकर शाहले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । विशाल शुश्लिङ र नविन यादवले एक एक विकेट लिए ।

यो पनि पढ्नुहोस् : खेल्नै नपाइ बाहिरियो बागमती

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.