default_image

3 years ago

September 13, 2022

एपिएफ पनि नखेल्दै बाहिरियो, राखेपमा बैठक बस्दै

322 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३४ औं क्रिकेट प्रतियोगितामा उपाधिको प्रमुख दावेदार विभागीय टोली नेपाल एपिएफ क्लब पनि एक खेल खेल्न नपाइ बाहिरिएको छ ।

वर्षाको कारण चार खेलमा नै अंक बाँड्नु परेपछि उपाधि दाबेदार एपिएफ समूह बी चरणबाटै बाहिरिएको छ । यसअघि बागमती पनि अघिल्लो दिन लगातार चौथो खेल खेल्न नपाएपछि बाहिरिएको थियो ।

बागमती र एपिएफ समूह बी बाट एक खेल पनि नखेली बाहिरिएपछि आज बेलुका साँझ ५ बजे राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा यसबारे बैठक बोलाइएको छ । उक्त बैठकमा सहभागी टोलीले खेल तालिका परिमार्जन गर्दै रद्द भएका खेल खेल्न पाउनु पर्ने माग राख्ने बुझिएको छ । कम्तिमा मुलपानीका खेलहरु पुन: गर्ने अथवा पूरा प्रतियोगिता नै अर्को मितिमा गर्ने सम्मको सम्भावना रहेको छ । तर नेपाल टि२० लिगलाई असर पर्ने हुँदा सार्न नहुने क्यानले बताउँदै आएको छ । नेपाल टि२० लिग असोज ८ देखि सुरु हुने तालिका छ । तर आन्तरिक तयारी हेर्दा नेपाल टि२० समयमा हुनेबारे दुविधा पनि छ ।

बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले आज विहान हाम्रो खेलकुदमा आएको समाचार सामाजिक संजालमा हाल्दै असन्तुष्टि पोखेका थिए । उनले लेखेका छन्, ‘क्रिकेटको विषयमा केही पुनर्विचार हुन्छ, खेल्दै नखेली आउट हुनु र नतिजा घोषणा गर्नु हुँदैन भन्ने हाम्रो सुझाव छ । आज दिन भरमा नयाँ निर्णय आउछ । कि त सबै म्याच खेल्न पाउनु पर्छ, कि त गेम नै रि सेडुल गरि अर्को मितिमा गर्नुपर्छ ।’

समूह बी बाट एपिएफ र बागमती दुबै एक पनि खेल खेल्न नपाइ बाहिरिएका हुन् । वर्षाको कारण निकै प्रभावित बनेको प्रतियोगिताको तालिका हेर्ने हो भने २२ खेल सकिएका छन् । तर २२ खेल मध्य पाँच खेल मात्र पूरै २० ओभर भएका छन् । एक खेल ६ ओभरको भएको थियो । १६ खेल भने वर्षाको रद्द हुन पुग्यो । जसमध्य १५ खेल टस पनि हुन सकेको थिएन ।

टस पनि हुन नपाई सबै खेल रद्द भएपछि अंक बाँड्नु पर्यो । समूह ए मा मधेश प्रदेश, कर्णाली, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश छन् । समूह बी मा एनआरएनए नेपाल, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र नेपाल एपिएफ क्लब छन् । मुलपानीमा हुनुपर्ने सबै ११ खेल टस समेत नभई रद्द हुँदा अंक बाँडेर सक्नु पर्यो । यता टियुमा पाँच खेल वर्षाको कारण रद्द भएका थिए ।

सेमिफाइनलको दाबेदार मानिएको बागमती प्रदेशले समूह बी मा चार खेलमा एक खेल पनि नखेली समूह चरणबाटै बाहिरिनु पर्यो । बागमतीको पहिलो खेल भदौ २३ मा बागमती र प्रदेश १ बीच टियु मैदानमा थियो । बागमतीका कप्तान ज्ञानेन्द्र मल्ल टसका लागि मैदान छिरेपनि वर्षाको कारण फर्कनु परेको थियो । दोस्रो खेलमा बागमती र सुदूरपश्चिमबीचको खेल टियु मैदानमा वर्षाको कारण हुन सकेन ।

आइतबार मुलपानीमा बागमतीले एनआरएनए नेपालसँग अंक बाँड्यो । अन्तिम खेलमा सोमबार बागमतीले एपिएफसँग पनि अंक बाँडेपछि बाहिरिनु परेको हो । समूह बी को अन्तिम खेलमा मुलपानीम सुदूरपश्चिम र एपिएफले वर्षाको अंक बाँडेका छन् । योसँगै एपिएफ पहिलो चरणबाटै बाहिरिएको छ ।

समूह बी मा एनआरएनए नेपाल ४ खेलमा १ मा जित र ३ खेलमा अंक बाँड्दै ५ अंक जोडेर शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनायो । समूह बी बाट एनआरएन नेपाल सेमिफाइनलमा पुग्ने पहिलो टोली हो । एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराउँदा अन्य सबै टोलीसँग अंक बाड्यो ।

दोस्रो खेलमा एनआरएनले एपिएफसँग १३.३ ओभरमा टियुमा २ विकेट गुमाउँदै १ सय २० रन बनाएको अवस्थामा खेल स्थगित भएको थियो । टस भएर पनि खेल हुन नसकेको यो मात्र एक खेल हो । सुदूरपश्चिम ४ खेलमा १ मा जित, १ मा हार र २ खेलमा अंक बाँड्दै दोस्रो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनायो । तीन टोली बागमती, सुदूरपश्चिम र एपिएफको समान ४ अंक भएपनि सर्वाधिक जितको कारण सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाएको हो ।

बागमती ४ खेलमा अंक बाड्दै ४ अंकका साथ तेस्रो स्थानमा रह्यो । एपिएफ ४ खेलमा चारनै अंक बाँडेर चौथो स्थानमा रह्यो । समूह बी का कुल १० खेल हुनुपर्ने भएपनि दुई खेलको मात्र नतिजा आयो । अन्य ८ खेलमा अंक बाड्नु पर्यो । पहिलो खेलमा एनआरएनएले सुदूरपश्चिमलाई ६–६ ओभरको खेलमा १२ रनले हराएको थियो । दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश एकलाई १३ रनले हराएको थियो । अन्य कुनैपनि खेल हुन सकेको छैन ।

यता समूह ए मा नेपाल पुलिस क्लब ४ खेलमा २ मा जित र २ अंक बाँड्दै ६ अंकका साथ शीर्षस्थानमा छ । पुलिसले टियु मैदानमा कर्णालीलाई ९ विकेट र लुम्बिनी प्रदेशलाई ७६ रनले हराएको थियो । मुलपानीमा मधेश प्रदेश र गण्डकीसँग अंक बाड्यो । आज नै पहिलो खेलमा मुलपानीमा गण्डकी र पुलिसले अंक बाँडेका थिए ।

आर्मी ३ खेलमा १ मा जित र २ खेलमा अंक बाँड्दै ४ अंक जोडेर दोस्रो स्थानमा छ । आर्मीले कर्णाली र गण्डकीसँग अंक बाँडेको थियो । आर्मीले मधेश प्रदेशलाई ६ विकेटले हराएको थियो । आमी र लुम्बिनीबीचको खेल टियुमा जारी छ । सुशन भारीको ह्याट्रिक सहित पाँच विकेटमा आर्मीले ८६ रनको सामान्य लक्ष्य पाएको छ ।

कर्णाली प्रदेश ४ खेलमा १ मा जित, १ मा हार र २ खेलमा अंक बाड्दै ४ अंकका साथ तेस्रो स्थानमा छ । कर्णालीले मधेश प्रदेशलाई तीन रनले हराएको थियो । पुलिससँग ९ विकेटले हारेको थियो । आर्मी र लुम्बिनीसँग भने वर्षाको कारण अंक बाड्नु परेको थियो । गण्डकी अव कर्णालीसँग मात्र खेल्न बाँकी छ ।

गण्डकी सबै ४ खेलमा अंक बाँड्दै चौथो स्थानमा छ । लुम्बिनी ४ खेलमा १ मा हार र तीनमा अंक बाँड्दै ३ अंक जोडेर पाँचौं स्थानमा छ । मधेश प्रदेश ५ खेलमा २ मा हार र तीन खेलमा अंक बाँड्दै ३ पुछारमा रहेर बाहिरियो ।

बुधबार टियु मैदानमा पहिलो खेलमा कर्णाली र गण्डकी तथा दोस्रो खेलमा नेपाल पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल भदौ ३० र फाइनल भदौ ३१ मा हुनेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.