3 years ago
September 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एनआरएनए नेपाल र सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

समूह बी बाट एनआरएनए नेपाल ४ खेलमा १ मा जित र ३ खेलमा अंक बाँड्दै पाँच अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । उपाधि दावेदार एपिएफ र बागमती प्रदेश एक खेल पनि खेल्न नपाई बाहिरिएपछि समूह बी बाट एनआरएनए र सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाएका छन् ।
सुदूरपश्चिम ४ खेलमा १ मा जित, १ मा हार र २ खेल अंक बाँड्दै ४ अंकका सेमिफाइनलमा स्थान बनायो । प्रतियोगितामा एक खेल पनि खेल्न नपाएका बागमती प्रदेश र एपिएफ ४–४ अंकका साथ तेस्रो र चौथो स्थानानमा रहँदै बाहिरिए । सुदूरपश्चिम, बागमती र एपिएफको ४–४ अंक थियो । सुदूरपश्चिमले एक खेल जितेको हुँदा नियम अनुसार सेमिफाइनलमा पुगेको हो । नियम अनुसार समान अंक भएमा जित हेर्ने गरिन्छ ।
मंगलबार साँझ राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सहभागी टोलीका प्रशिक्षक, कप्तान र म्यानेजरबीचको वर्षाले प्रभावित प्रतियोगिताबारे छलफल गर्न बैठक बसेको थियो । बैठकमा त्रिभुवन आर्मी क्लबले फरक मत राखेपछि समूह बी बाट बागमती प्रदेश र नेपाल एपिएफ क्लब एक खेल पनि खेल्न नपाइ बाहिरिएका हुन् । आर्मीले सहमती जनाए भए भने प्रतियोगिता मिति परिवर्तन हुने थियो ।

आर्मी बाहेकका ९ टोलीले प्रतियोगिता मिति समायोजन गर्न सहमती देखाएका थिए । तर आर्मीले भने आइसिसी र क्यानको नियम अनुसारनै प्रतियोगितालाई निरन्तरता दिन माग राखेको थियो । यो सँगै प्रतियोगिता अहिलेकै तालिका अनुसार अघि बढ्ने भएको हो । हालसम्म २३ खेल सकिँदा वर्षाको कारण १६ खेल भने अंक बिहीन हुँदै अंक बाँड्नु परेको थियो । समूह बी बाट १० मध्य दुई खेल मात्र भयो । मुलपानीमा हुनुपर्ने ११ खेल टस पनि हुन नपाई अंक बाँडेर सकिए ।
यता समूह ए मा भने अन्तिम खेलको नतिजाले बुधबार सेमिफाइनल निर्धारण गर्नेछ । पुलिस ४ खेलमा २ मा जित र २ मा अंक बाँड्दै ६ अंकका साथ नेटरनरेटमा माथि रहँदै शीर्ष स्थानमा छ । आर्मी ४ खेलमा २ मा जित र २ खेलमा अंक बाँड्दै ६ अंक भएपनि दोस्रो स्थानमा छ । पुलिसको नेटरनरेट ४.१६४ र आर्मीको १.८५२ छ ।
कर्णाली ४ खेलमा १ मा जित, १ मा हार र २ खेलमा अंक बाँड्दै ४ अंकका साथ तेस्रो स्थानमा छ । कर्णाली सेमिफाइनलमा पुग्न बुधबार पहिलो खेलमा गण्डकीमाथि फराकिलो जित हात पार्नुपर्छ । टियुमै हुने दोस्रो खेलमा पुलिसले आर्मीलाई विशाल अन्तरले हराउनु पर्छ । यो अवस्थामा कर्णाली र आर्मीको समान ६ अंक हुँदा नेटरनरेटको कारण कर्णाली सेमिफाइनलमा पुग्नसक्छ ।

कर्णालीको नेटरनरेट माइनस १.४८२ छ । गण्डकी चार खेलमा चारमा नै अंक बाँड्दै एक खेल अगावै बाहिरिएको छ । मधेश प्रदेश र लुम्बिनी भने बाहिरिए । बिहीबार पहिलो सेमिफाइनलमा समूह ए को विजेता र समूह बी को उपविजेता सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो सेमिफाइनलमा समूह बी को विजेता एनआरएनए र समूह एको उपविजेता भिड्नेछन् । वर्षाको कारण खेल हुन नसके भने नियम अनुसार समूह चरणमा शीर्ष स्थानका टोली फाइनल खेल्नेछन् । फाइनल शुक्रबार हुनेछ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]