default_image

3 years ago

September 17, 2022

पुलिसले रुविनाको कप्तानीमा महिला टोली निर्माण गर्दै

794 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेको नेतृत्वमा पहिलो पटक महिला क्रिकेट टोली निर्माण भएको छ ।

पुलिसको महिला टोलीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा पोखरामा खेल्दै डेब्यू गर्नेछ । पुलिसले रुविनादेखि कविता कुँवरसम्मका नेपाली क्रिकेट स्टार खेलाडीलाई समेट्दै मजबुत टोली निर्माण गर्दै सानदार डेब्यूको तयारीमा छ । योसँगै महिला क्रिकेट टोली बनाउन अब विभागीय टोलीमा त्रिभुवन आर्मी क्लबमात्र बाँकी रहने भएको छ । नेपाल एपिएफ क्लबले २०६५ साल देखिनै महिला क्रिकेटमा एकछत्र राज गर्दै आएको छ ।

यता पुलिसको पुरुष टोलीले भने २०६७ सालदेखि घरेलु क्रिकेटमा प्रतिस्पर्धा गर्दै आएको थियो । घरेलु क्रिकेटमा पुलिसको प्रदर्शन सानदार छ । नवौंमा पुलिसको टोलीले भने शुक्रबार त्रिभुवन आर्मी क्लबलाई फाइनलमा ८ विकेटले हराउँदै ऐतिहासिक स्वर्ण जितेको थियो ।

‘हाम्रो महिला टोलीको कप्तान रुविना नै हो । पुरुष टिम त पहिलादेखि छ । अब महिला टोली पनि थपेका छौं । हामी उत्कृष्ट टोली निर्माण गर्ने सोचमा छौं । आउने दिनमा देशलाई योगदान दिने खेलाडी उत्पादन गर्ने सोच राखेका छौं’, नेपाल पुलिस खेलकुद शाखाका प्रमुख रुकेश तण्डुकारले हाम्रो खेलकुदसँग भने ।

‘हामी विस्तारै खेलाडीलाई स्थायी रुपमा राख्न प्रक्रिया अघि बढाउने छौं । त्यसको लागि हामी आन्तरिक प्रक्रियामा जानुपर्छ । हामीले अहिले टिम बनाएका छौं । यसले अब निरन्तरता पाउँछ । यो धेरै पहिला देखिनै २०६४/६५ सालदेखि बनाउने भनेको कुरा हो । दशकपछि आएपछि पूरा भयो । अब छिटो भन्दा छिटो तयारीमा लाग्नेछौं’, उनले भने ।

‘कुनैपनि खेलकुदमा लागेपछि खेलाडीलाई रोजगारीको कुरा पनि आउँछ । जहाँ पनि आर्थिक पक्षको कुरा आउँछ । विभागमा जादा कहाँ बढी राम्रो हुन्छ भन्ने हो । आर्थिक पक्ष पनि अब बलियो हुन्छ’, तण्डुकारले भने ।

त्यसैमा उनले थपे, ‘हाम्रो नवौंमा लक्ष्य विगत आठौंमा भन्दा धेरै मेडल जित्ने हुन्छ । मेडल मात्र नभएर पनि उत्कृष्ट प्रदर्शन गर्ने हुन्छ ।’

पुलिसले प्रदेश एक र सुदूरपश्चिम प्रदेशका स्टार खेलाडी समेटेर टोली निर्माण गर्ने तयारी गरेको छ । प्रदेश एकबाट रुविनासँगै विकेटकिपर काजल श्रेष्ठ, अलराउन्डर अप्सरी बेगम, तीव्र गतिकी बलर सबनम राई, स्पिनर संगिता राई र लेगस्पिनर हिरान्मई रोयलाई अनुबन्ध गर्ने प्रक्रिया थालेको छ । यी सबै वर्तमान राष्ट्रिय टोलीका सदस्य हुन् ।

त्यस्तै सुदूरपश्चिमकी तीव्र गतिकी बलर कविता कँवुर, बायाँ हाते बलर ईश्वरी विष्ट, युवा ओपनर रेवती धामी, हिटर कविता जोशी, युवा स्पिनर मनिषा उपाध्यय र लेगस्पिनर लक्ष्मी साउद पनि पुलिसको सूचीमा छन् । यद्यपी पुलिसले सबै खेलाडीको नाम प्रक्रियामै रहेकोले अधिकारिक रुपमा खुलाएको छैन ।

कविता कुँवर नेपाली महिला क्रिकेटमै सर्वाधिक तीव्र गतिकी बलरको रुपमा चिनिन्छिन् । नेपाली महिला क्रिकेट टोलीबाट लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् । सुदूपश्चिमलाई दुई संस्करणको ललितपुर मेयर्स वुमन्स टि२० च्याम्पियनसिपको लगातार फाइनलमा पुर्याउन कविताको योगदान महत्वपूर्ण थियो । उनी ब्याटिङका लागि चिनिन्छिन् ।

पुलिसले बागमती प्रदेशकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्य, अलराउन्डर सुमन खतिवडा र सुदूरपश्चिमको हिटर डली भट्टलाई पनि टोलीमा राख्न प्रस्ताव गरेको बुझिएको छ । उनीहरुले भने यो सिजन प्रदेशबाट खेल्ने जवाफ दिएका थिए । पुलिसले नवौंमा लक्षित गर्दै पुलिस एकेडेमीमै युवा खेलाडीलाई प्रशिक्षणमा राख्ने तयारी गरेको छ ।

पुलिसको सूचीमा रहेकामध्य लक्ष्मी साउद, रेवती धामी, ईश्वरी विष्ट र मनिषा उपाध्य मात्र नेपाली टोलीबाट डेब्यू गरेका छैनन् । मनिषा, ईश्वरी र लक्ष्मीले नेपाली यू१९ महिला टोलीबाट प्रतिनिधित्व भने गरिसकेका छन् । मनिषाले घरेलु क्रिकेट भने गण्डकीबाट खेल्दै आएकी छिन् ।

घरेलु क्रिकेटमा यी सबै खेलाडीको प्रदर्शन उत्कृष्ट छ । अन्य भने सबै नेपाली महिला क्रिकेट टोलीकै प्रमुख खेलाडीको रुपमा रहँदै आएका छन् । महिला घरेलु क्रिकेटका सर्वाधिक सफल प्रदेश टोली सुदूर र प्रदेश एक भने प्रमुख खेलाडीले छाड्दा कमजोर हुने देखिएको छ । घरेलु क्रिकेटमा सिनियर टोलीको बाहुल्यता भएको पुलिस र एपिएफबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.