default_image

3 years ago

September 22, 2022

पाकिस्तानलाई मध्यक्रम ब्याटिङकै चिन्ता

167 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले दोस्रो टि२० आई खेलमा आज इंग्ल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ मा कराँची स्टेडियममा सुरुहुनेछ । ७ टि२० आई खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता लिएको छ ।

पहिलो खेलमा पाकिस्तान इंग्ल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । पाकिस्तानलाई हराउन तीन वर्षपछि टोलीमा फर्किएका एलेक्स हेल्सले अर्धशतक प्रहार गरेका थिए । तर घरेलु टोली पाकिस्तानलाई भने मध्यक्रम ब्याटिङकै चिन्ता छ ।

पाकिस्तानको ब्याटिङ ओपनर बाबर आजम र मोहम्मद रिजवानमा बढी निर्भर छ । बाबर पनि पछिल्लो समयमा लयमा छैनन् । जसले मध्यक्रम ब्याटिङले झनै चिन्ता थपेको छ । पाकिस्तानले लामो समयदेखि यो समस्या अन्त्य गर्न सकेको छैन । पहिलो खेलमा रिजवानले ६८ र बाबरले ३१ रन बनाएका थिए ।

मध्यक्रमका शन मकसुद ७, हैदर अली ११, इफ्तिखर अहमद २८, मोहम्मद नवाज ५ र खुशदील शाह ४ रन बनाएका थिए । मध्यक्रममा हैदर अली, शन मकसुद, आसिफ अली र खुशदील शाहबाट पाकिस्तान उच्च प्रदर्शन चाहन्छ । एसिया कप फाइनलमा श्रीलंकाविरुद्ध रिजवानले ५५, इफ्तिखार अहमद ३२ र हरिस रौफले १३ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

सुपर फोरमा श्रीलंकाविरुद्ध १ सय २१ रनमा अल आउट हुँदा बाबर आजमले ३० रन बनाएका थिए । लामो समयदेखि समस्याको रुपमा मध्यक्रम पाकिस्तान यस सिरिजबाट अन्त्य गर्न चाहन्छ । पाकिस्तानले इफ्तिखर अहमदको स्थानमा अमर जामललाई मौका दिनसक्छ । उनी तीव्र गतिको बलिङसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्न सक्छन् । बाबर र रिजवानको प्रदर्शनमा पाकिस्तानको योगफल निर्धारण हुने देखिन्छ ।

पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण भने मजबुत छ । पहिलो खेलमा शाहिन शाह अफ्रिदी बेन्चमा थिए । अफ्रिदी फर्किदा शहनवाज धानी बेन्चमा बस्न सक्छन् । अफ्रिदी, नसिम शाह र हरिस रौफ तीव्र गतिका बलरमा हुनेछन् । नवाज र उस्मान कादिर स्पिन आक्रामणमा हुनेछन् ।

इंग्ल्यान्डको ओपनिङ फिलिप साल्ट र एलेक्स हेल्सले गर्नेछन् । युवा ब्याटर साल्टबाट इंग्ल्यान्ड आक्रामक सुरुवात चाहन्छ । मध्यक्रममा डेविड मलान, बेन डुकेट र ह्यारी ब्रक रहनेछन् । ब्रुक पहिलो खेलमा २५ बलमा ७ चौकासहित ४२ रनमा अविजित गिए । ब्रुक युवा पुस्ताका मध्यक्रमका भरपर्दा ब्याटर हुन् ।

तल्लोक्रममा मोईन अली, साम करन र डेविड विल्ली हुनेछन् । डेब्यू खेलमा उत्कृष्ट प्रदर्शन गरेका ल्यूक वुडले निरन्तरता पाउनेछन् । उनलाई रिचर्ड ग्लेसनले साथ दिनेछन् । स्पिनरमा आदिल राशिद र मोईन अली हुनेछन् । इंग्ल्यान्ड १७ वर्षपछि पाकिस्तान भ्रमण गरेको हो । कप्तान जस बटलर भने टोलीका कारण दोस्रो खेल पनि खेल्नेछैनन् ।

यो पनि : भारतले टि२० विश्वकप २०२२ जित्न नसक्ने पाँच कारण

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.