default_image

2 years ago

September 22, 2022

ब्रेभिसको ५ बलमा ५ छक्का

एजेन्सी – दक्षिण अफ्रिकाका युवा ब्याटर डेवाल्ड ब्रेभिसले क्यारेवियन प्रिमियर लिग (सिपिएल) मा पाँच बलमा पाँच छक्का हानेका छन् । सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसबाट खेल्दै ट्रिनबागो नाइट राइडर्सविरुद्ध उक्त प्रदर्शन गरेका हुन् । गुयानामा टस जितेर पहिला ब्याटिङ थालेको सेन्ट किट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६३ रन बनायो ।डेवाल्ड ब्रेभिसले […]

71 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाका युवा ब्याटर डेवाल्ड ब्रेभिसले क्यारेवियन प्रिमियर लिग (सिपिएल) मा पाँच बलमा पाँच छक्का हानेका छन् । सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसबाट खेल्दै ट्रिनबागो नाइट राइडर्सविरुद्ध उक्त प्रदर्शन गरेका हुन् ।

गुयानामा टस जितेर पहिला ब्याटिङ थालेको सेन्ट किट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६३ रन बनायो ।
डेवाल्ड ब्रेभिसले ६ बलमा ५ छक्कासहित ३० रनमा अविजित रहे । शेर्फान रदरफोर्ड ५० बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७८ रनमा आउट भए । ब्रेभिसले खेलेको अन्तिम पाँच बलमा पाँच छक्का हानेका थिए ।

१७ औं ओभरको अन्तिम बलमा ड्वेन ब्राभो आउट भएपछि ब्रेभिस ब्याटिङका लागि मैदान छिरेका थिए । १८ औं ओभरको दोस्रो बलमा ब्रेभिसले लेग वाइको रुपमा एक रन बटुल्दै रदरफोर्डलाई स्ट्राइक दिए । आन्द्रे रसेललाई त्यसपछि रदरफोर्डले एक छक्का र दुई चौका प्रहार गरे ।

अन्तिम बलमा एक रन लिँदै रदरफोर्डले स्ट्राइक आफूमा राखे । १९ औं ओभरको तेस्रो बलमा एक रन लिदै रदरफोर्डले स्ट्राइक ब्रेभिसलाई दिए । स्पिनर अकिल हुसैनलाई त्यसपछि बाँकी तीन बलमा लगातार तीन छक्का हानेका थिए ।

अन्तिम ओभरको चौथो बलमा राशिद खान पनि आउट भएपछि ब्रेभिसले स्ट्राइक पाएका थिए । त्यसपछि ब्रेभिसले डरिन डुपाभिलनलाई दुई लगातार छक्का हानेका थिए । उनले खेलेको अन्तिम पाँच बलमा पाँच छक्का हाने ।

ब्रेभिस अर्को महिना अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि दक्षिण अफ्रिका टोलीमा भने छैनन् । यू-१९ विश्वकप र फ्रेन्चाइज लिगमा सानदार प्रदर्शन गरेका ब्रेभिस दक्षिण अफ्रिका टोलीमा ढोका ढक्ढकाएका छन् । हालसम्म भने उनी दक्षिण अफ्रिका सिनियर टोलीमा भने परेका छैनन् ।

गतवर्ष आइपिएलमा मुम्बई इन्डियन्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । ब्रेभिसको खेल्ने शैली सबै एवी डिभिलियर्ससँग मिल्ने हुँदा उनलाई बेबी एवी पनि भन्ने गरिन्छ ।

ब्रेभिसको क्रिकेट जीवनी पढ्नुहोस् : डेवाल्ड ब्रेभिस : बेबी एवि उर्फ दोस्रो डि भिलियर्स

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.