default_image

2 years ago

September 26, 2022

रिजवान र बाबर टि२० का सर्वाधिक सफल जोडी

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम र मोहम्मद रिजवान टि२० आई खेलमा सर्वाधिक सफल जोडी बनेका छन् । बाबर र रिजवान टि२० आईमा सर्वाधिक धेरै रन र शतकीय साझेदारी गर्ने जोेडी हुन् । रिजवान र बाबरले २०१९ देखि ३८ इनिङ खेलमा साझेदारी गर्दा दुई पटक अविजित रहँदै कुल २ हजार ४ सय ४३ […]

140 views

0 Bookmark

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम र मोहम्मद रिजवान टि२० आई खेलमा सर्वाधिक सफल जोडी बनेका छन् । बाबर र रिजवान टि२० आईमा सर्वाधिक धेरै रन र शतकीय साझेदारी गर्ने जोेडी हुन् ।

रिजवान र बाबरले २०१९ देखि ३८ इनिङ खेलमा साझेदारी गर्दा दुई पटक अविजित रहँदै कुल २ हजार ४ सय ४३ रन बनाएका छन् । यी दुई जोडीले एक पटक दोहोरो शतकीय, ६ पटक शतकीय र ७ पटक शतकीय साझेदारी गरेका छन् ।

रिजवान र बाबरले ओपनर जोडीको रुपमा ३३ इनिङमा ६ मा शतकीय र ५ मा अर्धशतकीय साझेदारीको रुपमा १ हजार ७ सय ३५ रन बनाएका छन् । गतवर्ष पाकिस्तानले विश्वकप इतिहासमा भारतमा पहिलो पटक हराउँदा रिजवान र बाबरले सानदार ब्याटिङ गर्दै १० विकेटको जित दिलाएका थिए ।

बिहीबार दोस्रो टि२० आई खेलमा इंग्ल्यान्डलाई १० विकेटले हराउन बाबर र रिजवानले २ सय ३ रनको अविजित साझेदारी गरेका थिए । जुन विजयी लक्ष्य पछ्याउँदा पहिलो पटक टि२० क्रिकेट इतिहासमा दोहोरो शतकीय साझेदारी थियो ।

यी दुई जोडीपछि भारतका रोहित शर्मा र शिखर धवनले २०१३ देखि २०१९ सम्म ५२ इनिङमा १ हजार ७ सय ४३ रन बनाएका छन् । जसमा चार पटक शतकीय र ७ पटक अर्धशतकीय साझेदारी गरेका छन् ।

सर्वाधिक साझेदारीमा टि२० आईमा तेस्रो स्थानमा आयरल्यान्डका केभिन ओ ब्रायन र पउल स्टर्लिङ छन् । यी दुई जोडीले ४९ इनिङमा तीन शतकीय र १० अर्धशतकीय साझेदारी गर्दै १ हजार ७ सय २० रन बनाएका छन् ।

त्यस्तै लोकेश राहुल र रोहित शर्माले ३४ इनिङमा १ हजार ७ सय ४ रन बनाएका छन् । जसमा ५ शतकीय र ९ अर्धशतकीय साझेदारी गरेका छन् । बाबर र रिजवानपछि सर्वाधिक शतकीय साझेदारीमा रोहित र राहुल छन् ।

गत विहीबार बाबर र रिजवानले इंग्ल्यान्डविरुद्ध २ सय ३ रनको अविजित साझेदारी गरेका थिए । टि२० आईमा २ सय रनको योगफल कुनै विकेट नगुमाई पहिलो पटक पूरा गरेको हो । रिजवान र बाबरले २०२१ को अप्रिलमा दक्षिण अफ्रिकाविरुद्ध १ सय ९७ रनको साझेदारी गरेका थिए । जसको सहयोगमा २ सय ४ रनको लक्ष्य १२ बल अगाडिनै २ विकेट गुमाएर पूरा गरेको थियो ।

रिजवान र बाबरले गतवर्ष कराँचीमा वेस्टइन्डिजविरुद्ध पहिलो विकेटका लागि १ सय ५८ रनको साझेदारी गरेका थिए । गतवर्ष विश्वकपमा भारतलाई हराउन रिजवान र बाबरले १ सय ५२ रनको अविजित साझेदारी गरेका थिए । जुन टि२० आई क्रिकेटमा भारतको पहिलो १० विकेटको हार थियो ।

टि२० क्रिकेटमा १ सय ५० माथि पाँच पटक साझेदारी गर्ने पनि यी दुई जोडी पहिलो हुन् । २०२१ को जुलाईमा इंग्ल्यान्डविरुद्ध नै बाबर र रिजवानले १ सय ५० रनको साझेदारी गरेका थिए ।

२०२१ मा जिम्बावेविरुद्ध १ सय २६ र नामिबियाविरुद्ध १ सय १३ रनको शतकीय साझेदारी गरेका थिए । पाकिस्तान यी दुई खेलाडीमा मात्र बढी निर्भर छ । मध्यक्रम र तल्लोक्रम ब्याटिङ कमजोर हुँदा यी दुई नचल्दा भने पाकिस्तान समस्यामा पर्दै आएको छ ।

रिजवान र बाबरको क्रिकेट जीवनी पढ्नुहोस् :

विश्व क्रिकेटका वादशाह बाबर

रिजवान : आइसियुबाट उठेर मैदानमा प्रदर्शन

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.