default_image

2 years ago

October 2, 2022

क्याच ड्रप भारी पर्दा पाकिस्तानलाई सिरिज जित्न विशाल लक्ष्य

एजेन्सी – इंग्ल्यान्डले सातौं तथा निर्णायक टि२० आई खेलमा कमजोर फिल्डिङको फाइदा उठाउँदै घरेलु टोली पाकिस्तानलाई सिरिज जित्न २ सय १० रनको विशाल लक्ष्य दिएको छ । लाहोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । इंग्ल्यान्डका डेविड मलान ४७ बलमा ८ चौका र […]

116 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले सातौं तथा निर्णायक टि२० आई खेलमा कमजोर फिल्डिङको फाइदा उठाउँदै घरेलु टोली पाकिस्तानलाई सिरिज जित्न २ सय १० रनको विशाल लक्ष्य दिएको छ । लाहोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो ।

इंग्ल्यान्डका डेविड मलान ४७ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ७८ रनमा अविजित रहे । युवा ब्याटर ह्यारी ब्रुक २९ बलमा १ चौका र ४ छक्कासहित ४६ रनमा अविजित रहे । इफ्तिखर अहमदको १२ औं ओभरको पाँचौं बलमा कप्तान बाबर आजमले डेविड मलानको क्याच डिप एक्स्ट्रा कभरमा ब्यक्तिगत २९ रनमा ड्रप गर्दै जीवनदान दिएका थिए ।

जुन ड्रप पाकिस्तानलाई ठूलो भारी पर्यो । बाबरले ह्यारी ब्रुकको क्याच २४ रनमा ड्रप गरेका थिए । चौथो विकेटका लागि ब्रुक र मलानले ६१ बलमा १ सय ८ रनको सानदार अविजित शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याए । ओपनर एलेक्स हेल्स र फिलिप साल्टले पहिलो विकेटका लागि ४.१ ओभरमा ३९ रनको साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर मोहम्मद हसनैनले ओपनर एलेक्स हेल्सलाई १८ रनमा एलबीडब्लू आउट गरे । हेल्सले १३ बलमा ३ चौका प्रहार गरे । दुई बलपछि ओपनर फिलिप साल्ट १२ बलमा ३ चौकासहित २० रनमा रन आउट भए । बेन डकेट १९ बलमा ३ चौका र १ छक्कासहित ३० रनमा रन आउट भए । पाकिस्तानका मोहम्मद हसनैनले एक विकेट लिए । सात टि२० आई सिरिज ३–३ को बराबरी अवस्थामा छ ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.