default_image

2 years ago

October 2, 2022

मिलरको विष्फोटक शतकका बाबजुद दक्षिण अफ्रिका पराजित

एजेन्सी – आक्रामक ब्याटर डेविड मिलरको विष्फोटक ब्याटिङको बाबजुद दक्षिण अफ्रिका दोस्रो टि२० आई खेलमा भारतसँग १६ रनले पराजित भएको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा भारतले २(० को अग्रता लिँदै एक खेल अगावै जितेको छ । जितको लागि २ सय ३८ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ […]

77 views

0 Bookmark

एजेन्सी – आक्रामक ब्याटर डेविड मिलरको विष्फोटक ब्याटिङको बाबजुद दक्षिण अफ्रिका दोस्रो टि२० आई खेलमा भारतसँग १६ रनले पराजित भएको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा भारतले २(० को अग्रता लिँदै एक खेल अगावै जितेको छ ।

जितको लागि २ सय ३८ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २१ रन बनायो । दक्षिण अफ्रिकाका डविड मिलरले ४७ बलमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ६ रनको अविजित विष्फोेटक शतकीय इनिङ खेले ।

मिलरको यो दोस्रो टि२० आई शतक हो । मिलरले अन्तिम ओभरमा अक्षर पटेललाई दोस्रो र तेस्रो बलमा लगातार दुई छक्का हान्दै ४६ बलमा शतक पूरा गरेका थिए । अन्तिम ओभरमा जितको लागि ३७ रन चाहिँदा अक्षर पटेललाई मिलरले दुई र क्विन्टन डि ककले एक गरि तीन छक्का हानेपनि पर्याप्त भने हुन सकेन ।

ओपनर क्विन्टन डि कक ४८ बलमा ३ चौका र ४ छक्कासहित ६९ रनमा अविजित रहे । चौथो विकेटका लागि मिलर र डि ककले १ सय ७४ रनको सानदार अविजित शतकीय साझेदारी गरेपनि हार टार्न सकेनन् । यो टि२० आई इतिहासमा कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।


कप्तान टेम्बा बभुमा ७ बल खेल्दै शून्यमा आउट भए । राइली रोसोउ पनि अर्शदीपसिंहकै बलमा डक आउट भए । एकै ओभरमा दुई ब्याटर गुमाएपछि एडेन माक्रमरमले इनिङ केहि उकासेका थिए । माक्ररम १९ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा अक्षर पटेलको बलमा बोल्ड भए । भारतका अर्शदीप सिंहले ४ ओभरमा ६२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३७ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले २२ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको विष्फोटक इनिङ खेले । सूर्यले मात्रै १८ बलमा अर्धशतक पूरा गर्दै सानदार ब्याटिङ गरेका थिए ।

भारतबाट टि२० आईमा युवराज सिंहले १२ बलमा २००७ को टि२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध अर्धशतक हानेका थिए । जुन समय युवराजसिंहले स्टुअर्ट ब्रोडलाई ६ बलमा ६ छक्का हानेका थिए । लोकेश राहुलले २०२१ मा स्कटल्यान्डविरुद्ध १८ बलमा अर्धशतक हानेका थिए ।

लोकेश राहुलले २८ बलमा ५ चौका र ४ छक्कासहित ५७ रनको इनिङ खेले । पहिलो विकेटका लागि राहुल र रोहित शर्माले ९।५ ओभरमा ९६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । स्पिनर केशव महाराजको बलमा रोहित ट्रिस्टन स्टब्सबाट क्याच भए । रोहितले ३७ बलमा ७ चौका र १ छक्कासहित ४३ रन बनाए । महाराजले नै राुहललाई एलबीडब्लू आउट गरेका थिए ।

तेस्रो विकेटका लागि विराट कोहली र सूर्यकुमार यादवले ४२ बलमा १ सय २ रनको सानदार शतकीय साझेदारी गरेपछि भारतले विशाल योगफल बनाएको थियो । १५ औं ओभरमा कागिसो रबाडालाई सूर्यकुमार यादवले दुई चौका र दुई छक्कासहित कुल २२ रन जोडेका थिए । १७ औं ओभरमा वेन पार्नेलले २३ रन खर्चेका थिए ।

सूर्य १९ औं ओभरको पहिलो बलमा रन आउट भएका थिए । विराट कोहली २८ बलमा ७ चौका र १ छक्कासहित ४९ रनमा अविजित रहे । दीनेश कार्तिक ७ बलमा १ चौका र २ छक्कासहित १७ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका केशव महाराजले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । लुन्गी एनगिडीले ४ ओभरमा ४९ रन खर्चिए । वेन पार्नेलले ४ ओभरमा ५४ रन खर्चिए । एनरिच नोर्कियाले ३ ओभरमा ४१ रन बनाए । कागिसो रबाडाले ४ ओभरमा ५७ रन खर्चिए । भारत पहिलो खेलमा ८ विकेटले विजयी भएको थियो । तेस्रो खेल मंगलबार हुनेछ । त्यसपछि तीन ओडिआई खेलको सिरिज हुनेछ ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.