default_image

2 years ago

October 3, 2022

इंग्ल्यान्डलाई ऐतिहासिक टि२० आई सिरिज

एजेन्सी – इंग्ल्यान्डले अन्तिम तथा सातौं टि२० आई खेलमा घरेलु टोली पाकिस्तानलाई ६७ रनले हराउँदै सिरिज जितेको छ । पुरुष क्रिकेट इतिहासमा पहिलो पटक भएको ७ खेलको सिरिज इंग्ल्यान्डले ४–३ ले जितेको हो । इंग्ल्यान्ड १७ वर्षपछि पहिलो पटक पाकिस्तान भ्रमण गरेको थियो । जितको लागि २ सय १० रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित […]

145 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले अन्तिम तथा सातौं टि२० आई खेलमा घरेलु टोली पाकिस्तानलाई ६७ रनले हराउँदै सिरिज जितेको छ । पुरुष क्रिकेट इतिहासमा पहिलो पटक भएको ७ खेलको सिरिज इंग्ल्यान्डले ४–३ ले जितेको हो । इंग्ल्यान्ड १७ वर्षपछि पहिलो पटक पाकिस्तान भ्रमण गरेको थियो ।

जितको लागि २ सय १० रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४२ रन बनायो । पाकिस्तानका शन मसुदले ४३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५६ रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

पाकिस्तानले सुरुवाती आठ बलमा आफ्ना प्रमुख ब्याटर गुमाएको थियो । पहिलो ओभरको अन्तिम बलमा कप्तान बाबर आजम क्रिस वोक्सको बलमा ह्यारी ब्रुकबाट ४ रनमा क्याच आउट भए । अर्को ओभरमा रिस टोप्लीले मोहम्मद रिजवानलाई १ रनमा बोल्ड गरे । जितको आशा पनि बाबर र रिजवान आउट भएसँगै टाढिएको थियो ।

इफ्तिखर अहमद १९ र खुशदील शाह २७ रनमा आउट भए । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् । इंग्ल्यान्डका क्रिस वोक्सले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । डेविड विल्लीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । रिस टोप्ली, आदिल राशिद र साम करनले एक एक विकेट लिए ।

त्यसअघि लाहोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो । इंग्ल्यान्डका डेविड मलान ४७ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ७८ रनमा अविजित रहे । युवा ब्याटर ह्यारी ब्रुक २९ बलमा १ चौका र ४ छक्कासहित ४६ रनमा अविजित रहे ।

इफ्तिखर अहमदको १२ औं ओभरको पाँचौं बलमा कप्तान बाबर आजमले डेविड मलानको क्याच डिप एक्स्ट्रा कभरमा ब्यक्तिगत २९ रनमा ड्रप गर्दै जीवनदान दिएका थिए । जुन ड्रप पाकिस्तानलाई ठूलो भारी पर्यो । बाबरले ह्यारी ब्रुकको क्याच २४ रनमा ड्रप गरेका थिए ।

चौथो विकेटका लागि ब्रुक र मलानले ६१ बलमा १ सय ८ रनको सानदार अविजित शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याए । ओपनर एलेक्स हेल्स र फिलिप साल्टले पहिलो विकेटका लागि ४।१ ओभरमा ३९ रनको साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर मोहम्मद हसनैनले ओपनर एलेक्स हेल्सलाई १८ रनमा एलबीडब्लू आउट गरे । हेल्सले १३ बलमा ३ चौका प्रहार गरे । दुई बलपछि ओपनर फिलिप साल्ट १२ बलमा ३ चौकासहित २० रनमा रन आउट भए । बेन डकेट १९ बलमा ३ चौका र १ छक्कासहित ३० रनमा रन आउट भए । पाकिस्तानका मोहम्मद हसनैनले एक विकेट लिए । युवा ब्याटर ह्यारी ब्रुक प्लेयर अफ द सिरिज चुनिए ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.