default_image

2 years ago

October 9, 2022

अष्ट्रेलियामाथि इंग्ल्यान्डको रोमान्चक जित

62 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले पहिलो टि२० आई खेलमा घरेलु टोली अष्ट्रेलियामाथि ८ रनको रोमान्चक जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २ सय रन बनायो । अष्ट्रेलियाका ओपनर डेविड वार्नरले ४४ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७३ रन बनाए ।

अष्ट्रेलियालाई जितको लागि अन्तिम १८ बलमा ३६ रन चाहिँदा क्रिजमा म्याथ्यु वेड थिए । त्यसअघिको ओभरमा मार्क वुडले वार्नरलाई डीप प्वाइन्टमा एलेक्स हेल्सबाट क्याच गराउँदै खेललाई रोमान्चक बनाएका थिए । वार्नर टप एज लागेर आउट भएका थिए ।

१८ औं ओभरमा म्याथ्यु वेडले अन्तिम बलमा साम करनलाई छक्का प्रहार गरेपछि कुल १४ रन जोडेको थियो । १२ बलमा जितको लागि २२ रन चाहिँएको थियो । रिस टोप्लीले एक विकेट लिँदै मात्र ६ रन खर्चेका थिए । त्यसमा पनि ड्यानियल साम्सको विकेट र एक चौका थियो ।

अन्तिम ६ बलमा १६ रन जितको लागि चाहिँएको थियो । साम करनलाई पहिलो बलमा म्याथ्यु वेडले चौका हाने । दोस्रो बल डट राख्दा तेस्रो बलमा वेड मिडविकेटमा बेन स्टोक्सबाट क्याच भएपछि अष्ट्रेलियाको जितको सम्भावना कठिन बनेको थियो । चौथो बलमा लेगको रुपमा एक र पाँचौं बलमा नाथन एलिस बोल्ड भए ।

अन्तिम बलमा साम करनले दुई रन खर्चिदै जित पक्का गराए । साम करनले अन्तिम ओभरमा ७ रन खर्चेर २ विकेट लिँदै रोमान्चक जित दिलाए । ओपनर क्यामरन ग्रीन एक रनमै आउट भए । मिचेल मार्श २६ बलमा ३ चौका र २ छक्कासहित ३६, आरोन फिन्च १२, टिम डेविड डक र म्याथ्यु वेड २१ रनमा आउट भए । वेडले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

मार्कस स्टोइनिस १५ बलमा २ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए । इंग्ल्यान्डका मार्क वुडले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । साम करनले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । रिस टोप्लीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि पर्थ स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर एलेक्स हेल्सले ५१ बलमा १२ चौका र ३ छक्कासहित सर्वाधिक ८४ रन बनाए ।

कप्तान जस बटलरले ३२ बलमा ८ चौका र ४ छक्कासहित ६८ रनमा आउट भए । पहिलो विकेटका लागि हेल्स र बटलरले ११.२ ओभरमा १ सय ३२ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । तर त्यस पछिका ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर नाथन एलिसको बलमा बटलर केन रिचर्ड्सनबाट क्याच भएका थिए । रिचर्ड्सनले टिम डेविडबाट क्याच गराएपछि हेल्स टि२० आई करिअरको दोस्रो शतक हान्न १६ रनले चुकेका थिए ।

बेन स्टोक्स ९, ह्यारी ब्रुक १२, मोईन अली १० र साम करन २ रनमा आउट भए । क्रिस वोक्स ५ बलमा १ चौका र १ छक्कासहित १३ र डेविड मलान २ रनमा अविजित रहे ।

सुरुवाती १० ओभरमा १ सय १८ रन बनाएको इंग्ल्यान्डले अन्तिम १० ओभरमा ६ विकेट गुमाउँदै ९० रन मात्रै जोड्यो ।अष्ट्रेलियाका नाथन एलिसले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । केन रिचर्ड्सन, ड्यानिल साम्स र मार्कस स्टोइनिसले एक एक विकेट लिए ।

दोस्रो खेल बुधबार र तेस्रो खेल आइतबार हुनेछ । टि२० विश्वकप अघि यो अन्तिम सिरिज समेत हो ।

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

Success

Thank you for your time.