default_image

2 years ago

October 9, 2022

नेरीले एपिएफबाट खेल्ने

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलुकद) – नेपाली महिला क्रिकेट टोलीकी पूर्व कप्तान नेरी थापाले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता नेपाल एपिएफ क्लबबाट खेल्ने भएकी छिन् ।


एपिएफले सीता रानामगरको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो । यसअघि लुम्बिनीबाट खेल्दै आएकी नेरीलाई एपिएफले समेटेको छ । नेरी स्पिनसँगै मध्यक्रमकी ब्याटर हुन् । स्पिनर करुणा भण्डारी घाइते हुँदा उनको विकल्पमा एपिएफले नेरीलाई टोलीमा अनुबन्ध गरेको हो ।

एपिएफमा इन्दु बर्मा, ज्योति पाण्डे, युवा तीव्र गतिका बलर राजमती ऐरी र सुमन विष्ट लगायतका खेलाडी छन् । एपिएफ समूह ए मा छ । एपिएफ, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश छन् । समूह बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन् । पुलिसले रुविना क्षेत्री बेलबासेको कप्तानीमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेल्दैछ ।

एपिएफले मंगलबार बागमती प्रदेशसँग खेल्दै सुरुवात गर्नेछ । सबै खेल पोखरा रंगशालामा हुनेछन् । सेमिफाइनल असोज ३१ र फाइनल कार्तिक एक मा हुनेछ । पहिलो दिन बागमती प्रदेशले सुदूरपश्चिमलाई ८ विकेट तथा मधेशले गण्डकीलाई ४० रनले हराउँदै विजयी सुरुवात गरेका छन् ।

एपिएफको टोली :

सीता रानामगर (कप्तान), सरिता मगर, इन्दु बर्मा, ज्याति पाण्डे, सुष्मा श्रेष्ठ, सोनु खड्का, रेखा रावल, सुमन विष्ट, राजमती ऐरी, मन्जु बोगटी, निशा भट्ट, ममता चौधरी, रोमा थापा र नेरी थापा ।

प्रशिक्षक : राजेश श्रेष्ठ

टिम व्यवस्थापक : सन्जु लामा

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

Success

Thank you for your time.