default_image

2 years ago

October 10, 2022

युएईमाथि वेस्टइन्डिजको कठिन जित

105 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप वार्मअप खेलमा वेस्टइन्डिजले युएईमाथि १७ रनको कठिन जित हात पारेको छ । जितको लागि १ सय ५२ रनको मध्यम लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३६ रन बनायो ।

युएईका मोहम्मद वासिमले ५२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६९ रन बनाए । जवाद फरिद १४ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर चिराग सुरी ९, सिपी रिजवान १ र वृत्य अरविन्द ९ रनमा आउट भए । वेस्टइन्डिजका रायमन रिफरले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । ओबेद म्याककोय र ओडेन स्मिथले एक एक विकेट लिए ।

मेलबर्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो । वेस्टइन्डिजका ब्रेन्डन किंगले ४५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए ।


निकोलस पुरन ३१ बलमा ५ छक्कासहित ४६ रनमा आउट भए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । युएईका जुनैद सिद्दिकले ४ ओभरमा १३ रन खर्चेर ५ विकेट लिए । जहुर खानले दुई, कासिफ दाउद र जवार फरिदले एक एक विकेट लिए ।

वेस्टइन्डिजले दोस्रो वार्मअप खेलमा बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ । बिहीबार युएईले वार्मअप खेलमा स्कटल्यान्डसँग खेल्नेछ ।

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

Success

Thank you for your time.