default_image

3 years ago

October 10, 2022

सन्दीप अदालतमा उपस्थित, युवती नाबालिका नभएको दावी

496 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सोमबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

नेपाल प्रहरीले १० दिनको लागि म्याद थप गर्न माग गरेपनि अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सन्दीपका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए । असोज २० गतेदेखि लागू हुने गरी हिरासतमा राख्न प्रहरीले अनुमति पाएको घिमिरेले बताए ।

यस्तै घिमिरेका अनुसार सन्दीपले अदालतसमक्ष युवती नाबालिका नरहेको पनि दावी गरेका छन् । ‘सन्दीपले विस्तृत रुपमा आफू निर्दोष रहेको कुरा भन्नुभएको छ । न्यायाधिस समक्ष घटनाक्रम सिलसिलाबद्ध रुपमा प्रस्तुत गर्दा के भएको हो भन्ने धारणा राख्नुभयो,’ घिमिरेले भने , ‘सन्दीप आफू कन्फीडेन्ट हुनुहुन्छ । निर्दोष रहेको बताउनुभएको छ । गोपनीयता भंग भएको बारे वैकल्पिक उपचारबारे पनि सोध्नुभएको छ । मुद्दाका क्रममा यसबारे छलफल गरिने भनिएको छ ।’

यस्तै घिमिरेले युवतीको दुई वटा जन्ममिति रहेको पनि बताए । ‘इजलासमा उमेरको कुरा पनि भएको छ । सन्दीपले आफूलाई युवतीले बारम्बार १९ वर्ष रहेको बताउनुभएको थियो । श्रीमान समक्ष भविष्यमा विशेष लाभ प्राप्त गर्न उमेर बढाएको भन्ने पनि रहेको छ,’ उनले जानकारी दिए ।

यस्तै कानुन व्यवसायी सुधा रिजालले सन्दीपलाई फसाउन खोजिएको बताइन् । ‘उहाँले दुई वटा जन्मदर्ता बनाएको देखिएको छ । सिलसिलाबद्ध रूपमा उहाँ (सन्दीप) लाई फसाउन खोजिएको देखिन्छ । हामीले प्रमाण भेटिसकेका छौं,’ उनले भनिन्, ‘ उहाँले उमेर घटाएर दोस्रो जन्मदर्ता प्रतिलिपि बनाउनुभएको छ त्यो प्रमाण पेस गर्छौं। उहाँ (सन्दीप) निर्दोष हुनुहुन्छ।’

भदौ २१ गते सन्दीपविरुद्ध बलात्कार आरोपको उजुरी परेको थियो । प्रहरीले पक्राउ पुर्जी जारी गरेको झन्डै एक महिनापछि गत बिहीबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । दशैं बिदाका कारण बन्द रहेको अदालत खुलेपछि आज उनलाई अदालतमा पेस गरिएको हो ।

अदालतबाट सन्दीप पक्षका कानुन व्यवसायीले यसो भने : https://www.youtube.com/embed/F0PTdktr2V8

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.