default_image

3 years ago

October 11, 2022

क्रिकेटमा एपिएफको विजयी सुरुवात

401 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट तर्फ समूह ए को खेलमा बागमती प्रदेशलाई पराजित गरेको छ ।

तस्विर सौजन्य: एनएसजेएफ गण्डकी

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार प्रतियोगिताको पहिलो खेल खेलिरहेको एपिएफले बागमतीलाई ४ विकेटले पराजित गरेको हो । बागमतीले प्रस्तुत गरेको ९० रनको लक्ष्य एपिएफले अन्तिम ओभरको पहिलो बलमा पूरा गर्यो । पहिलो खेलमा सुदूरपश्चिमलाई पराजित गरेको बागमती भने दोस्रो खेलमा पराजित हुन पुग्यो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८९ रन जोडेको थियो । टोलीका लागि राष्ट्रिय टोलीकी सदस्य तथा कप्तान अश्मिना कर्मचार्यले नटआउट १९ रनको योगदान दिइन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परिसकेकी सुमन खतिवडाले पनि १९ रन जोडिन् । उनले २ चौका प्रहार गरेकी थिइन् । उनी नेरी थापाको बलमा एलबिडब्लु शिकार भइन् । उनकै आक्रामक ब्याटिङमा बागमतीले पावरप्लेमा ३२ रन जोडेको थियो ।

बागमतीको ४ विकेट रनआउटमा गएको थियो । बागमतीले एपीएफको बलरबाट २० रन एक्स्ट्रा प्राप्त गरेको थियो । ओपनरद्वय अस्मिता खरेल ६ र कन्चन श्रेष्ठ २ रन जोड्दै रनआउट भएका थिए । बिन्दा कटवाल ७ रनमा रनआउट हुँदा आरति बिडारी ७ रनमै इन्दु वर्माको बलमा बोल्ड भइन् ।

हेलिषा गुरुङ ५ रनमा रेखा रावलको बलमा बोल्ड हुँदा अनिशा मझाकोटि १ रनमा खेल्दा रनआउट भइन् । सोनी पाख्रिनले नटआउट ३ रनको योगदान दिइन् । एपिएफका लागि इन्दु, नेरी र रेखाले १-१ विकेट लिए ।

तस्विर सौजन्य: एनएसजेएफ गण्डकी

जवाफमा एपिएफका लागि रोमा थापा र ममता चौधरीले पाँचौ विकेटका लागि ३२ रन्को साझेदारी गर्दै जिततर्फ डोर्याए । एक समय १७ रनको स्थितिमा लगातार तीन विकेट गुमाएपछि एपिएफ दबाबमा परेको थियो । कप्तान सीता रानामगरले १० बलमा २ चौका र १ छक्कासहित १६ रन जोडिन् । उनलाई अश्मिनाले तेस्रो ओभरको पाँचौ बलमा बोल्ड गरिन् ।

लगत्तै चौथो ओभरको सुरुवाती २ बलमा ओपनर ज्योति पाण्डे र सरिता मगर (०) पेभेलियन फर्केका थिए । त्यसपछि इन्दु वर्मा ५ रन जोड्दै रनआउट भएपछि एपिएफ समस्यामा परेको थियो । तर रोमा थापाले ३५ बलमा १ चौकाको सहयोगमा २२ रन जोड्दै खेलमा फर्काइन् । उनलाई ममता चौधरीले राम्रो साथ दिएकी थिइन् । ममताले २७ बलमा १७ रनको योगदान दिइन् । रोमा र ममता दुवैलाई २ ओभरको अन्तरमा सुमन खतिवडाले पेभेलियन फर्काइन् ।

नेरी थापाले १८ बलमा १ चौकासहित नटआउट १६ रन जोडेपछि एपिएफ विजयी भयो । अन्तिम ओभरको पहिलो बलमा एपिएफले विजयी रन जोडेको थियो । एपिएफका लागि राजमती ऐरी ४ रनमा नटआउट रहीन् ।

समूह ए अन्तर्गत पहिलो दिन मधेश प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दा बागमतीले सुदूरपश्चिममाथि ८ विकेटको जित दर्ता गरेको थियो । समूह बीमा यसअघि प्रदेश १ र लुम्बिनीको खेल वर्षाका कारण रद्द भएको थियो । पुलिसले भने कर्णालीलाई डीएल पद्दतिबाट ६३ रनले पराजित गरेको थियो ।

आज नै हुने दोस्रो खेलमा समूह ए अन्तर्गत सुदूरपश्चिम र गण्डकी प्रदेश भिड्दैछन् ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.