default_image

2 years ago

October 13, 2022

सन्दीप थप ५ दिन हिरासतमा रहने

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थप ५ दिन प्रहरी हिरासतमा रहने भएका छन् ।

फाइल तस्विर

बलात्कारको आरोप लागेपछि प्रहरीले हिरासतमा लिएका सन्दीप विहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । असोज २० गते कतार हुँदै अमेरिकाबाट काठमाडौं आइपुगेका लामिछानेलाई प्रहरीले विमानस्थलबाट हतकडी लगाएर हिरासतमा राखेको थियो । त्यसपछि सोमबार अदालतमा उपस्थित उनलाई पक्राउ परेको दिनबाट ७ दिन हिरासतमा राख्ने अनुमति दिइएको थियो ।

यसअघि अदालतले दिएको ७ दिनको म्याद सकिएपछि प्रहरीले म्याद थपका लागि उपस्थित गराएको थियो । प्रहरीको माग अनुसार थप ५ दिन अनुसन्धानका लागि म्याद थपिएको हो ।

गत भदौ ५ गते राष्ट्रिय टोली केन्या भ्रमणमा जानुअघि नाबालिकामाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । त्यसपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि सन्दीप क्यानबाट निलम्बनमा परेका थिए ।

यो पनि : सन्दीपलाई आरोप लगाउने युवती नाबालिका नभएको दावी

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.