9 years ago
December 23, 2016
विराटनगर (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा सशस्त्र प्रहरीको एपिएफ र मध्यमाञ्चलले विजयी सुरुआत गरेका छन् । मोरङको वैजनाथपुरमा भएको पहिलो खेलमा पारस खड्काको अलराउन्ड प्रदर्शनमा एपिएफले मध्यमपश्चिमाञ्चललाई २६ रनले पराजित गर्यो ।

पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४५ जोडेको थियो । एपिएफका लागि सन्दीप सुनारले अर्धशाक (५१) पुरा गरे । प्रदिप ऐरीले २९ र पारस खड्का २६ रनमा अविजित रहे । जवाफी व्याटिङमा उत्रेको मध्यपश्चिमाञ्चालले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय १९ रन मात्र बनायो । मध्य पश्चिमाञ्चलका लागि प्रनित थापाले सर्वाधिक ४० रन तथा अनुपम सिंहले २१ रन बनाए । अन्य व्याट्सम्यानले दोेहोरो अंक बनाउन सकेनन् । एपिएफका पारसले ३ विकेट लिए ।
मध्यमाञ्चलले पूर्वाञ्चलमाथि ४ रनको रोमाञ्चक जित हासिल गरेको थियो । टस जितेर व्याटिङ गरेको मध्यमाञ्चलले ९ विकेट गुमाइ १ सय २० रन बनाए । मध्यमाञ्चलका लागि जितेन्द्र सिंह ठकुरीले ३१, असल चौधरीले २७ र रातिक खानले २१ रन बनाए । पूुर्वाञ्चलका लागि संदीप ढुंगानाले २, पुष्प थापाले २, फिरदोज अन्सारीले २ तथा महबुब आलम, प्रदिप पासवानले १÷१ विकेट लिए ।
जवाफमा पूर्वाञ्चलले ९ विकेटको क्षतिमा १ सय १६ रन जोड्यो । टोलीका लागि पुष्प थापाले १३, मेहबुब आलमले ८, मिनेष थापाले १७ , राज थापाले १२ र विवेक यादवले १३ रन बनाए । मध्यमाञ्चलका लागि हसिम अन्सारिले ३, रुपेश श्रीवास्तव २ तथा रसिद खान र शुशिल डंगोलले १÷१ विकेट लिए ।
शनिबार त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिमाञ्चल तथा नेपाल प्रहरी र पश्चििमाञ्चलबीच खेल हुनेछ । पाँच विकास क्षेत्र र नेपालीसेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका तिन विभागिय टोलि गरि ८ टिम सहभागी छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]