default_image

3 years ago

October 16, 2022

‘विश्वकप भन्दा बुमराहको करिअर धेरै महत्वपूर्ण’– रोहित

259 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि२० विश्वकप भन्दा तीव्र गतिका बलर जस्प्रित बुमराहको करिअर धेरै महत्वपूर्ण रहेको बताएका छन् । टि२० विश्वकप आइतबार देखिसुरु हुनुअघि रोहितले मेलबर्नमा उक्त प्रतिक्रिया दिएका हुन् ।

विश्व क्रिकेटका उत्कृष्ट बलर बुमराह ब्याक इन्जुरीको कारण विश्वकपबाट बाहिरिनु परेको थियो । ‘उनको चोटबारे हामीले धेरै विज्ञसँग छलफल गरेका थियौं । यो विश्वकप महत्वपूर्ण छ । तर उनको करिअर त्यो भन्दा अझ धेरै महत्वपूर्ण छन् । उनी मात्र २७–२८ वर्षका छन् । उनको अघि धेरै क्रिकेट बाँकी छ’, रोहितले बुमराहको चोटबारे भने ।

त्यसैमा थपे, ‘त्यसैले हामी जोखिम लिन सक्दैनौं । हामीले कुरा गरेका धेरै विज्ञहरुको विचार लगभग एकै थियो । सबैको विचार उनको अघि धेरै क्रिकेट बाँकी छ । उसले धेरै खेल्नेछ । भारतलाई जिताउन सहयोग गर्नेछन् । हामीले उनलाई मिस गर्नेमा कुनै शंका छैन ।’

भारतले बुमराहको स्थानमा मोहम्मद शामीलाई मौका दिएको छ । शामी गतवर्ष टि२० विश्वकपमा नामिबियासँगको खेलपछि टि२० आई खेल खेलेका छैनन् । चोट र कोरोनाको कारण पछिल्लो तीन महिना त क्रिकेट नै खेलेका छैनन् । उनले पछिल्लो पटक जुलाईमा इंग्ल्यान्डमा खेलेका थिए ।

दक्षिण अफ्रिका र अष्ट्रेलियासँगको सिरिज कोरोनाको कारण गुमाएका थिए । ‘शामीलाई कोरोना ठिक भएको छ । फिटनेश पास गरेपछि विश्वकप टोलीमा परेका हुन् । रोहित सबै कुरा राम्रो देखिने बताए । शामी कोरोनाको कारण तीन हप्ता ग्रसित थिए । त्यसपछि उनलाई राष्ट्रिय क्रिकेट एकेडेमीमा बोलाईएको थियो । त्यहाँ उनले १० दिन कडा मिहिनेत गरे । कोरोनापछि उनको सुधार धेरै राम्रो छ । समग्रमा सबै कुरा राम्रो छ । जसरी शामीको चिन्ता छ’, रोहितले भने ।

भारतले विश्वकपमा वार्मअप अघि वेस्टर्न अष्ट्रेलिया ११ सँग दुई अभ्यास खेल खेलेको थियो । जसमा एक खेलमा जित र एक खेलमा हार थियो । भारतले अव १७ र १९ अक्टोबरमा अष्ट्रेलिया र न्युजिल्यान्डसँग वार्मअप खेल खेल्नेछ । त्यसपछि २३ अक्टोबरमा पाकिस्तानसँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ । भारत २००७ पछि पहिलो पटक विश्वकप खेल्नेछ ।

यो पनि : भारतले टि२० विश्वकप २०२२ जित्न नसक्ने पाँच कारण

टि२० विश्वकप जित्न सक्ने सर्वाधिक बलिया पाँच टोली

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.