2 years ago
October 16, 2022
एजेन्सी – टि२० विश्वकप २०२२ को उद्धघाटन खेलमा श्रीलंका र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ९ : ४५ मा साईमन्ड्स स्टेडियम जिलङमा सुरुहुनेछ ।
अघिल्लो महिना भारत र पाकिस्तानलाई हराउँदै एसिया कप जितेको श्रीलंका टि२० विश्वकपमा सानदार प्रदर्शन गर्ने सोचमा हुनेछ । श्रीलंकाको कप्तान दासुन शनका र नामिबियाको जेहरार्ड इरास्मसले गर्नेछन् ।
श्रीलंकाले पाकिस्तानलाई फाइनलमा हराउँदै एसिया कपको उपाधि जितेको थियो । श्रीलंकाको मनोबल उच्च छ । श्रीलंकामा कुशल मेन्डिस, वानिन्दु हसरंगा, दुश्मन्था चामिरा, शनका र भानुका राजपक्षे जस्ता स्टार खेलाडी छन् ।
श्रीलंकाको ओपनिङ पाथुम निसंका र कुशल मेन्डिसले गर्नेछन् । यी दुबै ब्याटर राम्रो लयमा छन् । कुशल ठूलो र आक्रामक इनिङ खेल्न सक्छन् । निसंका जिम्मेवारीसाथ टोलीलाई अघि बढाउने गर्दछन् । मध्यक्रममा चरिथ असंलका र धनुष्का गुणाथिलका हुनेछन् ।
त्यसपछि दाशुन शनका, वानिन्दु हसरंगा, चामिका करुणारत्ने र चामिरा हुनेछन् । कप्तान शनका फिनिसर हुन् । उनी उच्च लयमा छन् । श्रीलंका उनीबाट एसियाकपमा जस्तै फिनिसिङ चाहन्छ । बायाँ हाते ब्याटर भानुकाको प्रदर्शन अझ महत्वपूर्ण हुनेछ ।
स्पिनर वानिन्दु हसरंगा प्रमुख बलर हुन् । उनको सामना गर्न नामिबियाका ब्याटरलाई सहज भने हुने छैन । वानिन्दु र महेश थिक्सना स्पिनर जोडीले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । चामिरा, प्रमोद मदुशान र दीलशान मधुशनका तीव्र गतिका बलर हुन् ।
यता नामिबिया श्रीलंकालाई स्तब्ध पार्न चाहन्छ । त्यसको लागि अविस्वसनिय प्रदर्शन गर्नुपर्छ । अलराउन्डर डेविड विजाको प्रदर्शन महत्वपूर्ण हुनेछ । गतवर्ष नामिबियालाई सुपर १२ मा पुर्याउन विजाले सानदार प्रदर्शन गरेका थिए । दक्षिण अफ्रिकाका पूर्व अलराउन्डर विजाले लगातार विश्वका चर्चित टि२० फ्रेन्चाइज लिग खेल्ने गर्दछन् ।
अलराउन्डर जेजे स्मितको प्रदर्शन पनि महत्वपूर्ण हुनेछ । उनी बलिङ र ब्याटिङ दुबैमा घातक बन्न सक्छन् । नामिबियाका गेरार्हाड, डिभान ला कुक, जान निकोल, स्टेफन ब्राड ब्याटर हुन् । गतवर्ष विश्वकपमा तीव्र गतिका बलर रुवेन ट्रम्पलम्यान र ज्यान फ्रिलिंकले सानदार प्रदर्शन गरेका थिए । स्पिनर बेर्नार्ड स्कोल्ट्जले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । नामिबियाको मुख्य हतियार बलिङ हो ।
नामिबिया र श्रीलंकाबीच हालसम्म एक मात्र टि२० आई खेल भएको छ । गतवर्ष विश्वकपमा नामिबिया श्रीलंकासँग ७ विकेटले पराजित भएको थियो । उक्त खेलमा महेश थिक्सनाले ३ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।
खेल अघि कप्तानको भनाई :
‘एसिया कपपछि धेरै राम्रो छ । टोलीमा धेरै आत्माविश्वास छ । साँच्चै वातावरण राम्रो छ । हाम्रो ध्यान ब्याटिङमा रहेको छ । परिस्थीति फरक हुनसक्छ । हामी त्यसैमा केन्द्रित छौं’, दासुन शनका, श्रीलंका कप्तान ।
‘हाम्रो तयारी राम्रो छ । हामीले राम्रो गर्न उच्च स्तरको प्रदर्शन गर्नुपर्ने हुन्छ’, जेहरार्ड इरास्मस, नामिबिया कप्तान ।
यो पनि : टि२० विश्वकप आजदेखि, कसले जित्ला उपाधि ?
February 16, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका आइतवार सार्वजनिक भएको छ । साविक विजेता कोलकाता नाइट राइडर्सको घरेलु मैदानमा सिजनको पहिलो खेल हुँदैछ । मार्च २२ मा इडन गार्डेनमा कोलकाता र रोयल च्यालेन्जर्स बेंगलुरुका बीचमा पहिलो खेल हुनेछ । यसपटकको फाइनल साविक विजेता कोलकाताको घरेलु मैदानमा हुनेछ । फाइनल मे २५ मा […]
February 16, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको खेलमा ओमानले नामिबियालाई पराजित गरेको छ । ओमानले आइतवार नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ । नामिबियाको विश्व कप लिग टुमा १६ खेलमा १०औं हार हो । लिग टुको सुरुवाती ५ मध्ये ४ खेल जितेको थियो । नामिबियाले पछिल्लो ५ खेलमा २ मा मात्र जित हासिल गरेको […]
February 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार आगामी १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ । क्यानले जनाए अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसिबी वा सिए बाट लेभल ३ […]