3 years ago
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – ओपनर ज्योति पाण्डेले प्रतियोगिताकै उत्कृष्ट ब्याटिङ गर्दा नेपाल एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको पहिलो सेमिफाइनलमा खेलमा लुम्बिनी प्रदेशलाई १ सय ३० रनको विशाल लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हाररेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय २९ रन बनायो । एपिएफको लागि ज्योति पाण्डेले ६१ बलमा ७ चौकासहित सर्वाधिक ६९ रनमा अविजित छन् ।
यो प्रदर्शन यस प्रतियोगिताकै उच्च हो । यसअघि नेपाल पुलिस क्लबकी सम्झना खड्काले प्रदेश १ विरुद्ध ६० रनको इनिङ खेलिन् । एपिएफले चौथो ओभरमा कप्तान सीता रानामगरलाई ११ रनमा गुमाएका थियो । मध्य गतिकी बलर मनिषा रानाको बलमा सीता एज लागेर विकेटकिपर लक्ष्मी चौधरीबाट क्याच भइन् ।

इन्दु बर्मा ११ रनमा स्टम्पिङ आउट भइन् । ममता चौधरी २२ बल खेल्दै कृतिका मरासिनीको बलमा १६ रनमा बोल्ड हुन पुगिन् ।
रोमा थापा १३ बल खेल्दै १२ रनमा अविजित रहिन् । लुम्बिनी प्रदेशकी कृतिका मरासिनीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । मनिषा रानाले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिइन् ।
दोस्रो सेमिफाइनल खेलमा आज नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल र तेस्रो स्थानको लागि मंगलबार प्रस्तिस्पर्धा हुनेछ ।

December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]