3 years ago
October 20, 2022
एजेन्सी – श्रीलंकाले आइसिसी टि२० विश्वकप २०२२ को सुपर १२ मा पुग्न आज निर्णायक खेल नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल विहान ९ः ४५ बजे जिलोङमा सुरु हुनेछ ।

यस खेलको विजेता सुपर १२ मा स्थान बनाउने पहिलो टोली बन्नेछ । नेदरल्यान्ड्स विजयी हुँदा भने समूह विजेताका साथ सुपर १२ मा पुग्नेछ । नेदरल्यान्ड्स ४ अंकका साथ शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स पराजित हँुदा भने अन्य टोलीको नतिजामा निर्भर पर्नेछ ।
नेदरल्यान्ड्स पराजित हुँदा उता दोस्रो खेलमा नामिबियाले युएईसँग हार्नुपर्छ । युएई विजयी हुँदा सुपर १२ मा पुग्नेछ । युएई सुरुवाती दुई खेलमा हार बेहोरेको हुँदा यस खेल जित्दा दुई अंक मात्र हुन्छ ।
यता एसिया कप २०२२ को च्याम्यिन श्रीलंकालाई निर्णायक खेल खेल्नुअघि चोटले समस्यामा परेको छ । प्रमुख तीव्र गतिका बलर दुश्मन्था चामिरा चोटका कारण यस खेल गुमाउने छन् ।

उनले यो प्रतियोगिता नै गुमाउने सम्भावना छ । मध्यक्रमका ब्याटर धनुष्का गुणाथिलका प्रतियोगिता नै बाट बाहिरिएका छन् । त्यस्तै तीव्र गतिका बलर प्रमोद मधुशान पनि घाइते छन् ।
ब्याटिङमा पाथुन निसांका, कुशल मेन्डिस, भानुका राजपक्षे र दासुन शनकाको प्रदर्शन महत्वपूर्ण हुनेछ । भरपर्दा ब्याटर निसांकाले युएईविरुद्ध उत्कृष्टङ खेलेका थिए । चरिथ असालांकाको खराब लय श्रीलंकालाई अर्को चिन्ताको विषय हो । श्रीलंका स्पिनर वानिन्दु हसरंगा र महेश थिक्सना बलिङका प्रमुख हतियार हुन् ।
यता नेदरल्यान्ड्स श्रीलंकालाई स्तब्ध पार्ने सोचमा हुनेछ । श्रीलंका नामिबियासँग पराजित भएको थियो । नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडे प्रमुख हतियार हुन् । उनले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् ।

युवा ब्याटर विक्रमजितसिंह, म्याक्स ओडाउड र स्कट एडवार्ड्स प्रमुख हतियार हुन् । यी चार ब्याटरको उच्च प्रदर्शन विना नेदरल्यान्ड्सलाई जित कठिन पर्नेछ । फर्द क्लासेन, बास डि लिडे र रोलेफ भान डर मर्वे बलर हुन् । नेदरल्यान्ड्स र श्रीलंकाबीच हालसम्म दुई टि२० आई खेल भएका छन् । श्रीलंका दुबै खेलमा विजयी भएको छ ।
वेस्टइन्डिज नामिबियासँग ५५ रनले पराजित भएको थियो । जिम्बावेले अन्तिम खेल शुक्रबार नामिबियासँग खेल्नेछ । सुपर १२ मा पुग्न उक्त खेल जित्नुपर्ने हुन्छ । वेस्टइन्डिजले शुक्रबार नै आयरल्यान्डसँग खेल्नेछ । सुपर १२ मा पुग्न आयरल्यान्डलाई हराउनु पर्ने हुन्छ ।
शीर्ष दुई दुई टोली सुपर १२ मा पुग्नेछन् । सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन् ।
अंक तालिका
समूह ए मा नेदरल्यान्ड्स २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । युएई पुछारमा छ ।
समूह बी मा स्कटल्यान्ड १ खेलमा १ मा जित र १ मा हार सहित शीर्ष स्थानमा छ । जिम्बावे १ खेलमा २ अंक सहित दोस्रो स्थानमा छ । वेस्टइन्डिज २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । आयरल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित पुछारमा छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]