3 years ago
October 23, 2022
एजेन्सी – आइसिसी टि२० विश्वकपमा आज सर्वाधिक महत्व र प्रतिक्षामा रहेको भारत र पाकिस्तानबीचको खेल हुँदैछ । खेल नेपाली समय दिउँसो १ : ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरुहुनेछ ।

विश्वकपका दुबै उपाधि दाबेदार टोली भारत र पाकिस्तान सानदार सुरुवात गर्न चाहन्छन् । भारतलाई गतवर्ष विश्वकपमा पाकिस्तानले १० विकेटले हराएको थियो । पाकिस्तान त्यसलाई निरन्तरता दिन चाहन्छ । भारत त्यसको बदला लिने सोचमा हुनेछ । यो खेलको विजेता सेमिफाइनल खेल्ने सम्भावना बलियो हुनेछ ।
गतवर्ष विश्वपपछि भारत र पाकिस्तान अघिल्लो महिना एसिया कपमा भिडेका थिए । एसिया कपमा भारत र पाकिस्तान एक एक पटक विजयी भएका थिए । भारत ब्याटिङ र पाकिस्तान बलिङको मुख्य हतियार हुन् । पाकिस्तानको ब्याटिङ बाबर आजम र मोहम्मद रिजवानमा बढी निर्भरछ ।
यी दुई ब्याटरको प्रदर्शनले पाकिस्तानको जित वा हार निर्धारण हुनेछ । बाबर र रिजवानले लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । जिम्मेवारीका साथ उच्च प्रदर्शन गर्दै आएका छन् । टि२० क्रिकेटमा बाबर र रिजवानले ८ पटक शतकीय र ८ पटक ५० माथिको साझेदारी गरेका छन् ।

विश्वका नम्बर वान् ब्याटर रिजवानले पछिल्ला १० मध्य ५ खेलमा अर्धशतक हानेका छन् । रिजवानको लय रोक्न भारतीय बलरलाई मुख्य चुनौती हुनेछ । सुपर फोरमा भारतलाई पाँच विकेटले हराउन ७१ रनको इनिङ खेलेका थिए । यस वर्ष टि२० आई क्रिकेटमा रिजवानले १८ खेलमा ९ अर्धशतकसहित ८ सय २१ रन बनाएका छन् । यसबाट उनको लय थाहा हुन्छ ।
मध्यक्रम पाकिस्तानको कमजोरीको रुपमा छ । पाकिस्तान मध्यक्रमका ब्याटर हैदर अलीबाट राम्रो प्रदर्शन चाहन्छ ।
मध्यक्रममा मोहम्मद नवाज घातक बन्नसक्छन् । आसिफ अली प्रमुख फिनिसर र हिटर हुन् । उनीबाट विष्फोटक अन्त्य चाहन्छ । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाह तीव्र गतिका बलरको रुपमा खेल्नेछन् । गतवर्ष विश्वकपमा भारतलाई हराउन अफ्रिदी नायक बनेका थिए ।

अफ्रिदी गति र इनस्वींग बलका लागि चिनिन्छन् । भारतीय ब्याटरको लागि इनस्वींग कमजोरीको रुपमा छ । हरिस रौफले डेथ ओभरमा लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । मध्यक्रममा मोहम्मद नवाज र शादब खान हुनेछन् ।
यता भारतका ओपनर रोहित शर्मा र लोकेश राहुल मध्य एक क्रिजमा टिक्दा पनि पाकिस्तानलाई भारी पर्न सक्छन् । यी दुबै ब्याटर विशाल इनिङको लागि चिनिन्छन् । राहुल जिम्मेवारीका साथ ठूलो इनिङ खेल्नेछन् । विराट कोहली लयमा फर्किएका छन् । भारतीय क्रिकेटका भरपर्दा ब्याटर कोहली थप घातक बन्नसक्छन् ।
यता सूर्य कुमार यादव पाकिस्तानलाई सर्वाधिक घातक बन्नसक्ने ब्याटर हुन् । सूर्यले लगातार सानदार र आक्रामक ब्याटिङ गर्दै आएका छन् । यो वर्ष सूर्यले टि२० आई क्रिकेटमा २३ खेलमा १ शतक र ६ अर्धशतकसहित ८ सय १ रन बनाएका छन् ।

भारतले हार्दिक पान्ड्यालाई पाँचौं नम्बरमा ब्याटिङ गराउनेछ । हार्दिक फिनिसर हुन् । हार्दिक एकै ओभरमा खेललाई मोड्न सक्ने खुबी भएका ब्याटर हुन् । भारतले ऋषभ पन्त र दिनेश कार्तिक मध्य एकलाई खेलाउनेछ । पछिल्लो समय कार्तिकलाई खेलाउँदै आएको हुँदा उनलाई निरन्तरता दिनेछ ।
भारतको बलिङ भने कमजोरी बनेको छ । तीव्र गतिका बलर जस्प्रित बुमराह र रविन्द्र जडेजा नहुँदा भारतको बलिङ आक्रामण कमजोर बनेको छ ।
मोहम्मद शामीको आगमनले उक्त समस्या अन्त्य हुने भारतले आशा राखेको छ । शामी, भुवनेश्वर कुमार, अर्शदीप सिंह र हर्षल पटेल तीव्र गतिका बलरको रुपमा खेल्नेछन् । भारतले स्पिनरमा युजभेन्द्र चहललाई मैदान उतार्नेछ ।
हेड टु हेड :
भारत र पाकिस्तानबीच टि२० आईमा ११ खेल भएका छन् । जसमा भारतले ८ र पाकिस्तानले ३ खेल जितेका छन् । पछिल्ला पाँच खेलमा पाकिस्तान दुई र भारत तीन खेलमा विजयी भएका छन् ।
पाकिस्तानको विश्वकप खेल्ने टोली :
बाबर आजम (कप्तान), शादब खान (उपकप्तान), आसिफ अली, हैदर अली, हरिस रौफ, इफ्तिखर अहमद, खुशदील शाह, मोहम्मद हसैनन, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद वासिम जुनियर, नसिम शाह, शाहिन शाह अफ्रिदी, शन मकसुद र फखार जमान ।
भारतको विश्वकप खेल्ने टोली :
रोहित शर्मा (कप्तान), लोकेश राहुल(उप-कप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त, दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, मोहम्मद शामी, हर्षल पटेल र अर्शदीप सिंह ।
सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड ।
सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, जिम्बावे र नेदरल्यान्ड्स ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]