default_image

3 years ago

October 23, 2022

भारतले टस जित्यो, चहल र पन्त बेन्चमा

433 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकपमा भारतले पाकिस्तानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

भारतका रोहित शर्माले आजको खेलमा सात ब्याटर र दुई स्पिनर रहेको बताएका छन् । भारतको टोलीमा तीन तीव्र गतिका बलर छन् । पाकिस्तानका कप्तान बाबर आजमले तीन तीव्र गतिका बलर दुई स्पिनर रहेको बताएका छन् ।

भारतले प्रमुख स्पिनर युजभेन्द्र चहल र विकेटकिपर ऋषभ पन्तलाई बेन्चमा राखेको छ । त्यस्तै हर्षल पटेल र दीपक हुडालाई पनि बेन्चमा राखेको छ ।

विश्वकपका दुबै उपाधि दाबेदार टोली भारत र पाकिस्तान सानदार सुरुवात गर्न चाहन्छन् । भारतलाई गतवर्ष विश्वकपमा पाकिस्तानले १० विकेटले हराएको थियो । पाकिस्तान त्यसलाई निरन्तरता दिन चाहन्छ । भारत त्यसको बदला लिने सोचमा हुनेछ । यो खेलको विजेता सेमिफाइनल खेल्ने सम्भावना बलियो हुनेछ ।

गतवर्ष विश्वपपछि भारत र पाकिस्तान अघिल्लो महिना एसिया कपमा भिडेका थिए । एसिया कपमा भारत र पाकिस्तान एक एक पटक विजयी भएका थिए । भारत ब्याटिङ र पाकिस्तान बलिङको मुख्य हतियार हुन् ।

पाकिस्तानको प्लेइङ ११ :

बाबर आजम (कप्तान), शादब खान, आसिफ अली, हैदर अली, हरिस रौफ, इफ्तिखर अहमद, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), नसिम शाह, शाहिन शाह अफ्रिदी र शन मकसुद ।

भारतको प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), लोकेश राहुल (उप(कप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रविचन्द्रन आश्विन, अक्षर पटेल, भुवनेश्वर कुमार, मोहम्मद शामी, र अर्शदीप सिंह ।

हेड टु हेड :

भारत र पाकिस्तानबीच टि२० आईमा ११ खेल भएका छन् । जसमा भारतले ८ र पाकिस्तानले ३ खेल जितेका छन् । पछिल्ला पाँच खेलमा पाकिस्तान दुई र भारत तीन खेलमा विजयी भएका छन् ।

सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड ।

सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, जिम्बावे र नेदरल्यान्ड्स ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.