default_image

3 years ago

October 23, 2022

पाकिस्तानलाई हराएपछि कोहलीले भने – ‘कसरी जित्यौं थाहा छैन’

266 views

0 Bookmark

एजेन्सी – आइसीसी टि२० विश्वकप २०२२ अन्तर्गत सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले पराजित गर्यो । भारतको जितमा वीरत कोहलीले सानदार ब्याटिङ गरेका थिए ।

जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको भारतले जवाफी ब्याटिङमा निकै खराब सुरुवात गरेको थियो । कोहलीले हार्दिक पान्ड्यासँग शतकीय साझेदारी गर्दै भारतलाई खेलमा फर्काएका थिए । उनले ५३ बलमा नटआउट ८२ रनको योगदान दिए । उनले ६ चौका र ४ छक्का प्रहार गरेका थिए ।

कोहलीले सुरुवाती २० बलमा ११ रन मात्र जोड्न सकेका थिए । तर त्यसपछि ३३ बलमा ७१ रन जोड्दै उनले सानदार जित दिलाए । उनले १९ औं ओभरको अन्तिम बलमा हरिस रौफलाई लगातार दुई छक्का प्रहार गरेपछि भारतको खेलमा फर्कने सम्भावना बढेको थियो । त्यसपछि अन्तिम ओभरमा नो बलमा छक्का प्रहार गर्दै भारतलाई जिततर्फ लम्काएका थिए ।

खेलपछि बोल्दै कोहलीले एक समय आफूले खेल बिगारेको अनुभूति गरेको बताए । ‘म सँग कुनै शब्द नै छैन । विश्वास गर्न गाह्रो भइरहेको छ । हामीले यो खेल कसरी जित्यौं थाहा छैन । एक समय मैले आफैं खेल बिगारेको महसुस गरेको थिएँ । तर हार्दिकले मलाई अन्त्यसम्म बस्नुपर्छ भनिरहे,’ उनले सुनाए ।

‘हामीले हिसाब गरिरहेका थियौं । नवाजको एक ओभर बाँकी रहेको थाहा थियो । हरिस रौफविरुद्ध रन हान्न सकियो भने पाकिस्तान दबाबमा आउँछ भन्ने बुझेको थिएँ । रौफलाई लगातार छक्का हान्दा आफैं गयो । मैले ब्याट मात्र चलाएको थिएँ, आफैंलाई विश्वास गर्न गाह्रो भयो,’ उनले बताए ।

‘मैले आजसम्म मोहालीको इनिङ आफ्नो सर्वोत्कृष्ट बताउँदै आएको थिएँ, आज पनि निकै राम्रो भयो । दुवै इनिङ मेरो लागि विशेष छ,’ कोहलीले भने ।

आफू खराब लयमा रहँदा पनि समर्थकबाट पाएको साथका लागि खुसी व्यक्त गरे । ‘म लामो समय लयमा नहुँदा पनि समर्थकले सधैं हौसला दिनुभयो । धन्यवाद भन्न चाहन्छु,’ उनले टुंग्याए ।

यो पनि : कप्तान बाबरले भने – ‘कोहलीकै कारण हार्यौं’

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.