3 years ago
October 24, 2022
एजेन्सी – बंगलादेशले आइसिसी टि२० विश्वकपमा नेदरल्यान्ड्सलाई १ सय ४५ रनको मध्यम लक्ष्य दिएको छ । होबार्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमउँदै १ सय ४४ रन बनायो ।

बंगलादेशका युवा ब्याटर मध्यक्रमका ब्याटर अफिफ हुसैनले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३८ रनको योगदान दिए । ओपनर सौम्य सरकार र नाज्मुल हसन शान्टोले पहिलो विकेटका लागि ५.१ ओभरमा ४३ रनको साझेदारी गरेका थिए ।
शान्टो २० बलमा ४ चौकासहित २५ रनमा आउट भए । त्यसपछि भने अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । सरकारले १४ बलमा २ चौकासहित १४ रनमा आउट भए । लिटन दास ९, सकिब अल हसन ७, यासिर अली ३, नुरुल हसन १३ रनमा आउट भए । मोसाद्देक हसनैन १२ बलमा २ चौका र १ छक्कासहित २० रन बनाए ।
नेदरल्यान्ड्का पाउल भान मार्केनले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । बास डि लिडेले ३ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । फर्द क्लासेन, टिम प्रिंग्लेल, शरिज अहमद र लोगन भान बीकले एक एक विकेट लिए ।
आजको दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बावेबीच हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सुरु हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]