default_image

2 years ago

October 27, 2022

विपिनको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने गण्डकीको टोली घोषणा

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवयीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । गण्डकीले अलराउन्डर विपिन खत्रीको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने टोली घोषणा गरेको हो ।

घोषणा टोलीमा युवा खेलाडी अर्जुन कुमाल देखि अनुभवी ब्याटर विधान श्रेष्ठ सम्मका खेलाडी छन् । प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ गते सम्म काठमाडौंमा हुनेछ ।

गण्डकी रहेको समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश छन् । समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश १ र मधेश प्रदेश छन् ।

गण्डकीले पहिलो खेल कार्तिक १४ मा टियु मैदानमा सुदूरपश्चिमसँग खेल्दै सुरुवात गर्नेछ । गण्डकीले कर्णालीसँग कार्तिक १६ मा टियुमा खेल्नेछ । त्यसपछि मुलपानीमा कार्तिक १८ मा पुलिस र कार्तिक २० मा आर्मीसँग खेल्नेछ ।

गण्डकीको टोली :

विपिन खत्री (कप्तान), चन्द्रकान्त पौडेल, समीर कंडेल, विधान श्रेष्ठ, सचिनराज अधिकारी, अर्जुन कुमाल, सन्दीप खत्री, अमृत गुरुङ, करन पंगेनी, सन्देश बस्नेत, अभिषेक बस्नेत, सुवास भण्डारी, कृष्ण पौडेल र कमल परियार ।

वैकल्पिक खेलाडी – दीनेश बुढा मगर, प्रदीप अर्याल, सौजन्य रेग्मी र सन्दीप पराजुली ।

टिम प्रशिक्षक – रिजन प्रजु

टिम प्रशिक्षक – चन्द्र कुमार गुरुङ (जिम्मी)

यो पनि : विवेक र दुर्गेशलाई समेट्दै ज्ञानेन्द्रको कप्तानीमा बागमतीको टोली घोषणा

खडकलाई बाहिर राख्दै राजुको कप्तानीमा सुदूरको टोली घोषणा

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.