3 years ago
October 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका तीव्र गतिका बलर सोमपाल कामी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपिएफ क्लबविरुद्ध बेन्चमा रहेका छन् ।

टियु क्रिकेट मैदानमा भएको टसमा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । विनोदले बुझाएको प्लेइङ ११ मा सोमपाल कामी, सोनु तामाङ र आकाश चन्द बेन्चमा छन् । सोमपाल आज मैदान पनि आएका छैनन् । सोमपाल डेंग्री संक्रमणको कारण स्वास्थ्य सुधारको क्रममा हुँदा टोलीमा नरहेको आर्मीले जनाएको छ ।
यता शरद भेषवाकरले बुझाएको लिष्टमा दीपक बोहरा, आयुषमान बम र पुरन बिक बेन्चमा रहेका छन् । उता मुलपानीमा बागमती प्रदेशले पुलिसविरुद्ध टस जितेर पहिला फिल्डिङ रोजेको छ ।
आर्मीको प्लेइङ ११ :
विनोद भण्डारी (कप्तान तथा विकेटकिपर), अर्जुन साउद, हरि चौहान, भीम सार्की, रोहित पौडेल, राजेश पुलामी, कुशल मल्ल, विक्रम सोब, सुशन भारी, साहब आलम र जितेन्द्र मुखिया ।
एपिएफको प्लेइङ ११ :
शरद भेषवाकर (कप्तान), प्रदीप ऐरी, आसिफ शेख, सन्दीप जोरा, सुमित महर्जन, भुवन कार्की, अमरसिंह राउटेला, कमलसिंह ऐरी, किशोर महतो, लोकेश बम र मौसम ढकाल ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]