default_image

2 years ago

October 31, 2022

विश्वकपमा दक्षिण अफ्रिकी बलरको रोनाल्डो सेलेब्रेसन

121 views

0 Bookmark

एजेन्सी – विश्व खेलकुदमा चर्चित स्टारको नाम लिदा फुटबलका क्रिष्टियानो रोनाल्डोको नाम अग्रस्थानमा आउछ । उनी फुटबल इतिहासका एक सफल खेलाडीमा पर्दछन् । रोनाल्डोका विश्वभर नै आफ्ना समर्थक र शुभचिन्तक छन् । फुटबल मात्र होईन उनलाई अन्य खेलकुदका खेलाडी पनि त्यति नै मन पराउँछन् । उनको सेलेब्रेसन धेरै खेलाडीहरु गर्ने गर्दछन् ।

अष्ट्रेलियामा जारी आइसिसी टि२० विश्वकपमा आइताबार राती दक्षिण अफ्रिकाले भारतलाई पाँच विकेटले हरायो । भारतलाई हराउन बलिङमा तीव्र गतिका बलर लुन्गि एनगिडीले र वेन पार्नेलले सानदार बलिङ गरे । जसक्रममा पार्नेलले पनि रोनाल्डो सेलेब्रेसन गरे ।

एनगिडीले शीर्ष चार र त्यसपछिका तीन ब्याटर पार्नेलले आउट गरेपछि भारत १ सय ३३ रनमा रोकिएको थियो । लुन्गी एनगिडीले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । पार्नेलले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए ।

पार्नेलले पहिलो ओभरनै मेडन राखेका थिए । एनगिडीले रोहित शर्मा, लोकेश राहुल, विराट कोहली र हार्दिक पान्ड्यालाई पेभेलिएनको बाटो देखाएका थिए । त्यसपछि एनगिडीले सूर्यकुमार यादव, दीनेश कार्तिक र रविचन्द्रन आश्विनलाई आउट गरे ।

भारत एक समय ४९–५ को अवस्थामा थियो । तर सूर्यले अर्को एण्डबाट सानदार ब्याटिङ गरेका थिए । भारत संकटमा थियो । दक्षिण अफ्रिका उत्कृष्ट तीव्र गतिको बलिङ आक्रामण सामु भारतीय ब्याटर निरिह जस्तै बनेका थिए । तर सूर्यले आफ्नो खेल्ने शैलीमा खेले ।

तीव्र गतिका बलर वेन पार्नेलको १९ औं ओभरको पाँचौं बलमा लङअनमाथि सट खेल्न खोजे पनि मिडअफमा केशव महाराजबाट क्याच आउट हुन पुगे । ६८ रन बनाएका सूर्यको विकेट लिएपनि पार्नेलले रोनाल्डो सेलेब्रेसन गरेका थिए । जुन सेलेब्रेसनले सामाजिक सञ्जालमा राम्रो चर्चा पाएको छ ।

सूर्यको विकेटसँगै उनले लामो सास लिँदै दुई हात छातीमा राख्दै रोनाल्डो सेलेब्रेसन गरेका थिए । रोनाल्डो सेलेब्रेसन गरि रहँदा शीर्षक्रमका ब्याटर राइली रोसोउले उनलाई उचालेर थप खुसी मनाए । जितपछि रोसोउको सेलेब्रेसन अझ हेर्न लायक छ ।

३३ वर्षीय पार्नेल अलराउन्डरको रुपमा खेल्दै आएका छन् । दक्षिण अफ्रिकासँग प्रमुख तीन तीव्र गतिका बलर कागिसो रबाडा, लुन्गी एनगिडी र एनरिच नोर्किया छन् । दक्षिण अफ्रिकाले अष्ट्रेलियाको परिस्थीतिलाई ध्यानमा राख्दै चार तीव्र गतिका बलरलाई मैदान उतार्दै आएको छ ।

पार्नेलले प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । तीव्र गतिका बलर ड्वेन प्रिटोरियस घाइते हुँदै बाहिरिपछि पार्नेलले मौका पाएका हुन् । पार्नेलले पहिलो खेलमा जिम्बावेविरुद्ध ९ ओभरको खेलमा २ ओभर बलिङ गर्दै मात्र ६ रन खर्चेर १ विकेट लिएका थिए । पार्नेल तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता पनि राख्ने गर्दछन् ।

जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिका जितमा एडेन माक्ररमले ४१ बलमा ६ चौका र १ छक्कासहित ५२ रन बनाए । डेविड मिलरले ४६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५९ रनमा अविजित रहँदै खेल सकाए ।

खराब सुरुवात गरेपनि चौथो विकेटका लागि मिलर र माक्ररमले ६० बलमा ७६ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि पर्थमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३३ रन बनायो । भारतका सूर्यकुमार यादवले ४० बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रन बनाए । भारतका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यो पनि : भारतमाथि दक्षिण अफ्रिकाको रोमान्चक जित

भारतमाथि दक्षिण अफ्रिकाको रोमान्चक जित

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.