default_image

2 years ago

October 30, 2022

भारतमाथि दक्षिण अफ्रिकाको रोमान्चक जित

92 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले आइसिसी टि२० विश्वकपमा भारतमाथि पाँच विकेटको रोमान्चक जित हात पारेको छ । यो जितसँगै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकालाई अन्तिम ६ बलमा जितको लागि ६ रन चाहिँएको थियो ।

भुवनेश्वर कुमारले वेन पार्नेललाई पहिलो बल डट राखे । दोस्रो बलमा एक रन लिँदै स्ट्राइक डेविड मिलरलाई दिए । तेस्रो बलमा मिलरले चौका प्रहार गएपछि भारतको जितको सम्भावना सकिएको थियो । चौथो बलमा मिलरले विजयी रन प्रहार गरे ।

दक्षिण अफ्रिका जितमा एडेन माक्ररमले ४१ बलमा ६ चौका र १ छक्कासहित ५२ रनमा आउट भए । डेविड मिलरले ४६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५९ रनमा अविजित रहँदै जित पक्का गराए । ट्रिस्टन स्टब्स ६ र पार्नेलले दुई रन बनाए ।

खराब सुरुवात गरेपनि चौथो विकेटका लागि मिलर र माक्ररमले ६० बलमा ७६ रनको साझेदारी गर्दै जितको आधार तय गरे । माक्ररमले ब्यक्तिगत ३५ रनमा जीवनदान पाएका थिए । स्पिनर रविचन्द्रन आश्विनको १२ औं ओभरको पाँचौं बलमा विराट कोहलीले सहज क्याच छोड्न पुगेका थिए ।

तीव्र गतिका बलर अर्शदीप सिंहले दोस्रो ओभरमा दुई विकेट लिँदै उत्कृष्ट सुरुवात दिलाए । दोस्रो ओभरको पहिलो बलमै क्विन्टन डि कक एज लागेर फस्ट स्लिपमा लोकेश राहुलबाट एक रनमा क्याच आउट भए ।

एक बलपछि राइली रोसोउ शून्यमा एलबीडब्लू आउट भए । यसअघि लगातार दुई शतक हानेका रोसोउलाई रोहित शर्माले रिभ्यु लिँदै पेभेलिएन फर्काएका थिए ।

लगातार खराब प्रदर्शन गर्दै आएका टेम्बा बभुमा १५ बलमा १ छक्कासहित १० रनमा आउट भए । बभुमा आउट हुँदा दक्षिण अफ्रिका ५.४ ओभरमा २४–३ को कमजोर अवस्थामा पुगेको थियो ।

भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी, रविचन्द्रन आश्विन र हार्दिक पान्ड्याले एक एक विकेट लिए ।

त्यसअघि पर्थमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३३ रन बनायो । भारतका सूर्यकुमार यादवले ४० बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रन बनाए । सूर्यको यो विश्वकपमा लगातार दोस्रो अर्धशतक हो ।

सूर्यले यसअघि नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए । सूर्य बाहेक अन्य कुनैपनि भारतीय ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । भारतका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

तीव्र गतिका बलर लुन्गि एनगिडीले पाँचौं ओभरमा भारतका दुबै ओपनर लोकेश राहुल र रोहित शर्मालाई पेभेलिएन फर्काउँदै सानदार सुरुवात दिलाए । पाँचौं ओभरको दोस्रो बलमा कप्तान रोहित शर्मा १५ रनमा कट एण्ड बोल्ड आउट भए । रोहितले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे । त्यो समय भारतले २३ रन बोर्डमा जोडेको थियो ।

अन्तिम बलमा अर्का ओपनर लोकेश राहुल एज लागेर फस्ट स्लिपमा एडेन माक्ररमबाट ९ रनमा क्याच आउट भए । उनले १४ बलमा १ छक्का हाने । राहुलले आफ्नो खराब लयलाई अन्त्य गर्न सकेनन् ।

सातौं ओभरको पाँचौं बलमा एनगिडीले भारतका प्रमुख ब्याटर विराट कोहलीलाई १२ रनमा कागिसो रबाडाबाट क्याच गराएपछि भारत समस्यामा परेको थियो । कोहली बाउन्सर बलमा फाइन लेगमा क्याच आउट हुन पुगेका थिए ।

कोहलीले ११ बल खेल्दै २ चौका प्रहार गरे । तीव्र गतिका बलर एनरिच नोर्कियाले दीपक हुडालाई क्विन्टन डि ककबाट शून्यमा क्याच गराए । एनगिडीले नै हार्दिक पान्ड्यालाई २ रनमा क्याच गराएपछि भारत ८.५ ओभरमा ४९–५ को अवस्थामा पुगेको हो । हार्दिक सर्ट बलमा फाइन लेगमा रबाडाबाट क्याच आउट भए ।

दीनेश कार्तिक १५ बल खेल्दै ६ रनमा आउट भए । रविचन्द्रन आश्विनले ११ बल खेल्दै ७ रन जोडे । दक्षिण अफ्रिकाका लुन्गि एनगिडीले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । वेन पार्नेलले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । एनरिच नोर्कियाले एक विकेट लिए ।

भारतले पहिलो खेलमा पाकिस्तानलाई ४ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५६ रनले हराएको थियो । भारतले अव बुधबार बंगलादेश र आइतबार जिम्बावेसँग खेल्नेछ । दक्षिण अफ्रिकाले पहिलो खेलमा जिम्बावेसँग वर्षाको कारण खेल पूरा हुन नसक्दा अंक बाँडेको थियो ।

दोस्रो खेलमा बंगलादेशलाई १ सय ४ रनको फराकिलो अन्तरले हराएको थियो । दक्षिण अफ्रिकाले बिहीबार पाकिस्तान र आइतबार नेदरल्यान्ड्सँग खेल्नेछ । दुबै खेलमा विजयी हुँदा सहजै सेमिफाइनलमा पुग्नेछ ।

अंक तालिका

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड ३ खेलमा २ मा जितसहित ५ अंकका साथ शीर्ष स्थानमा छ । इंग्ल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेल रद्ध हुँदा ३ अंकका साथ दोस्रो स्थानमा छ । आयरल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा छ ।

अष्ट्रेलिया ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै चौथो स्थानमा छ । अफगानिस्तान ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै पाँचौं स्थानमा छ । श्रीलंका ३ खेलमा १ मा जित र २ मा हार सहित पुछारमा छ ।

सुपर १२ को समूह बी मा दक्षिण अफ्रिका ३ खेलमा २ मा जित र १ मा हार सहित ५ अंकका साथ शीर्ष स्थानमा छ । भारत ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा छ ।

बंगलादेश ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंक जोड्दै तेस्रो स्थानमा छ । जिम्बावेले ३ खेलमा १ मा जित र १ मा हार सहित ३ अंकका साथ चौथो स्थानमा छ । पाकिस्तान ३ खेलमा २ मा हार र १ मा जित सहित पाँचौं स्थानमा छ । नेदरल्यान्ड्स तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।

May 6, 2024

नेपाल इङ्ल्यान्ड ‘सि’ सँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली इङ्ल्यान्ड ‘सि’ सँग पराजित भएको छ । इङ्ल्यान्ड नेसनल लिग टोली एल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा सोमबार भएको खेलमा नेपाल २-० ले पराजित भएको हो । नेपाल खेलको सुरुवाती समयका नै दुई गोलले पछि परेको थियो। इंग्लिस टोलीका लागि आठौं मिनेटमा निक काबाम्बाले […]

May 5, 2024

विशालले सिड्नी भलिबल लिग खेल्ने

दिल तामाङ,सिड्नी नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् । ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । प्रो भलिबल एकेडेमी अहिले पुरुष डिभिजन वानमा रहेकाे छ । त्याे भन्दामाथि पुरुष रिजर्भ र पुरुषा प्रिमियर लिग हुनेछ । यससँगै विशाल एसभिएल खेल्ने पहिलो […]

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो। नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको […]

Success

Thank you for your time.