default_image

2 years ago

October 31, 2022

चौका र छक्काको वर्षा गराउदै ब्रेभिसको विष्फोटक शतक

249 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाका युवा ब्याटर डेवाल्ड ब्रेभिस (बेबी एवी डिभिलियर्स) ले सिएसए टि२० च्यालेन्जमा चौका र छक्काको वर्षा बनाउँदै १ सय ६२ रनको विष्फोटक इनिङ खेलेका छन् ।

दक्षिण अफ्रिकाको प्रमुख टि२० प्रतियोगितामा ब्रेभिसले टाइटन्सबाट खेल्दै नाइट्सविरुद्ध ५७ बलमा १३ चौका र १३ छक्कासहित १ सय ६२ रनको शतकीय इनिङ खेलेका छन् ।

जुन दक्षिण अफ्रिका कुनैपनि ब्याटरले टि२० खेलमा खेलेको उच्च प्रदर्शन हो । उनले ३५ बलमै शतक हानेका थिए । १ सय ५० रन उनले ५२ बलमा पूरा गरेका थिए । त्यो कुनैपनि ब्याटरले टि२०मा पुरा गरेको सर्वाधिक छिटो १ सय ५० रन थियो ।

उनको विष्फोटक शतकमा टाइटन्सले ३ विकेट गुमाउँदै २ सय ७१ रन बनायो । जीवेशन पिल्ले ४५ बलमा ४ चौका र १ छक्कासहित ५२ रनमा आउट भए । पहिलो विकेटका लागि ब्रेभिस र पिल्लेले १४.३ ओभरमा १ सय ७९ रनको साझेदारी गरेका थिए ।

ब्रेभिसको यो टि२० इतिहासकै तेस्रो ठूलो इनिङ हो । २०१३ मा वेस्टइन्जिका क्रिस गेलले आइपिएलमा रोयल च्यालेन्जर्स बेंगलोरबाट पुणे वारियर्सविरुद्ध १ सय ७५ रनको इनिङ खेलेका थिए । जुन टि२० क्रिकेट इतिहासकै एकै इनिङमा सर्वाधिक ठूलो इनिङ हो ।

त्यस्तै आरोन फिन्चले अष्ट्रेलियाबाट जिम्बावेविरुद्ध २०१८ मा १ सय ७२ रनको इनिङ खेलेका थिए । जुन अन्तर्राष्ट्रिय टि२० आईको ठूलो इनिङ हो । अफगानिस्तानका हज्रातुल्लाह जजाई, जिम्बावेका हामिल्टन मसाकाड्जा र ब्रेभिसले समान १६२ रनको इनिङ खेलेका हुन् ।

ब्रेभिस दक्षिण अफ्रिका भविष्य मानिएका छन् । टि२० विश्वकप पछि दक्षिण अफ्रिकाले उनलाई टोलीमा बोलाउने उच्च सम्भावना छ । उनले इन्डियन प्रिमियर आइपिएल, यू१९ विश्वकप देखि विदेशी फ्रेन्चाइज लिगमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । १९ वर्षीय खेल्ने शैली दक्षिण अफ्रिका पूर्व क्रिकेटर एवी डिभिलियर्ससँग हाउभाउ मिल्ने गर्दछ ।

ब्रेभिसको सम्पूर्ण क्रिकेट जीवनी पढ्नुहोस् : डेवाल्ड ब्रेभिस : बेबी एवि उर्फ दोस्रो डि भिलियर्स

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.