3 years ago
November 3, 2022
एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकपमा दक्षिण अफ्रिकामाथि डकवर्थ लेविस पद्धतिको आधारमा ३३ रनको सानदार जित हात पारेको छ । दक्षिण अफ्रिकामाथि सानदार जितसँगै पाकिस्तानको सेमिफाइनल खेल्ने सम्भावना कायमै रहेको छ ।

जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित १४ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन बनायो । दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले १९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाए ।
जितको लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ९ ओभरमा ६९–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । वर्षाको कारण खेल रोकिँदा डकवर्थ लेविस पद्धतिको आधारमा दक्षिण अफ्रिकाले १४ ओभरमा १ सय ४२ रन बनाउनु पर्ने भएको थियो । अर्थात बाँकी ५ ओभरमा ७३ रन जितको लागि चाहिँएको थियो ।
तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ओपनर क्विन्टन डि ककलाई शून्य र राइली रोसोउलाई ७ रनमा आउट गरे । स्पिनर शादब खानले आठौं ओभरमा दुई विकेट लिए । कप्तान टेम्बा बभुमा एज लागेर पहिलो बलमै विकेटकिपर मोहम्मद रिजावनबाट आउट भए । तेस्रो बलमा एडेन माक्ररम २० रनमा बोल्ड भए । माक्ररमले १४ बलमा ४ चौका हाने ।

हेनरिक क्लासेन १५, ट्रिस्टन स्टब्स १८ र वेन पार्नेल ३ रनमा आउट भए । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ३ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । शादब खानले २ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । मोहम्मद वासिम जुनियरले दुई र नसिम शाहले एक एक विकेट लिए ।
त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । पाकिस्तानका शादब खानले २२ बलमा ३ चौका र ४ छक्कासहित ५२ रनको विष्फोटक इनिङ खेले । शादबले २० बलमा अर्धशतक प्रहार गरेका थिए ।

इफ्तिखार अहमदले ३५ बलमा ३ चौका र २ छक्कासहित ५१ रनमा आउट भए । छैटौं विकेटका लागि शादब र इफ्तिखारले ३६ बलमा ८२ रनको उत्कृष्ट साझेदारी गरेका थिए । पाँचौं विकेटका लागि मोहम्मद नवाज र इफ्तिखारले ३९ बलमा ५२ रनको साझेदारी गरेका थिए ।
ओपनर मोहम्मद रिजवानलाई तीव्र गतिका बलर वेन पार्नेलले पहिलो ओभरको चौथो बलमा बोल्ड आउट गरे । पहिलो विश्वकप खेल खेलेका युवा ब्याटर मोहम्मद हरिस आक्रामक सुरुवात दिलाउनेक्रममा ११ बलमा २ चौका र ३ छक्कासहित २८ रनमा आउट भए । उनी तीव्र गतिका बलर एनरिच नोर्कियाको बलमा एलबीडब्लू आउट भए । रिभ्यु लिएपनि उनी सफल हुन सकेनन् ।
नोर्कियाले नै शन मसुदलाई दुई रनमा आउट गरे । लगातार खराब प्रदर्शन गर्दै आएका कप्तान बाबर आजम १५ बलमा ६ रनमा आउट भए । मोहम्मद नवाज २२ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले ४ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । वेन पार्नेल, कागिसो रबाडा, लुन्गी एनगिडी र तबरेज शाम्सीले एक एक विकेट लिए ।
पाकिस्तानले अन्तिम खेल अव आइतबार बंगलादेशसँग खेल्नेछ । पाकिस्तान सेमिफाइनल खेल्न उक्त खेलमा फराकिलो अन्तरले विजयी हुनुपर्छ । भारतले आइतबार जिम्बावेसँग खेल्नेछ । दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग खेल्नेछ । भारत र दक्षिण अफ्रिका मध्य एक टोली पराजित हुनुपर्छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]