3 years ago
November 4, 2022
एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत अफगानिस्तानविरुद्ध हुन लागेको सुपर १२ को अन्तिम खेलमा अष्ट्रेलियाले कप्तान आरोन फिन्चलाई विश्राम दिएको छ ।

पछिल्लो खेलमा सामान्य चोट बोकेपछि अष्ट्रेलियाले आजको खेलमा फिन्चलाई विश्राम दिने निर्णय लिएको हो । अष्ट्रेलियाको कप्तानी म्याथ्यु वेडले गर्दा टोलीले कुल ३ परिवर्तन गरेको छ । कप्तान फिन्चसँगै टिम डेविड पनि चोटका कारण बाहिर रहेका छन् । त्यस्तै तीव्र गतिका बलर मिचेल स्टार्क पनि टोलीमा छैनन् ।
अष्ट्रेलियाले फिन्चको स्थानमा क्यामरन ग्रीनलाई टोलीमा समेटेको छ । त्यस्तै डेविडको स्थानमा स्टिभ स्मिथ र स्टार्कको स्थानमा केन रिचर्डसन खेल्दैछन् । यस्तै अफगानिस्तानले पनि ओमारजाई र फरिदको स्थानमा दार्विस रसुली र नविन उल हक टोलीमा समेटेको छ ।
अफगानिस्तानले टस जितेर फिल्डीङ रोजेको छ । आजको खेलमा जित हासिल गरेमात्र अष्ट्रेलियाको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बन्नेछ । आज अष्ट्रेलिया जितेर भोली श्रीलंकाले इंग्ल्यान्डलाई पराजित गरे घरेलु टोली अघि बढ्नेछ । आज फराकिलो अन्तरको जितले पनि अष्ट्रेलिया रनरेट सुधार गर्न चाहन्छ । हाल अष्ट्रेलिया र इंग्ल्यान्डको १-१ खेल बाँकी रहँदा समान ५-५ अंक छ ।
अष्ट्रेलियाको टोली : डेविड वार्नर, क्यामरन ग्रीन, मिचेल मार्स, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, म्याथ्यु वेड, प्याट कमिन्स, एडम जाम्पा, केन रिचर्डसन, जोश हेजलवुड
अफगानिस्तानको टोली : रहमनुल्लाह गुर्बाज, उस्मान घानी, इब्राहिम जदरान, गुल्बदीन नाइब, दार्विस रसुली, नाजिबुल्लाह जदरान, मोहमद नाबी, राशिद खान, मुजिब उर रहमान, नविन उल हक, फजल फारुकी
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]