default_image

1 year ago

November 6, 2022

दक्षिण अफ्रिका हारेपछि भारत सेमिफाइनलमा

एजेन्सी – आइसिसी टि२० विश्वकप अन्तर्गत सुपर १२ को समुह २ को खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेपछि भारत सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकालाई सेमिफाइनलमा प्रवेश गर्न जित आवश्यक थियो । तर नेदरल्यान्ड्सविरुद्ध खराब प्रदर्शन गर्दै हार बेहोरेपछि टोली समूह चरणबाट नै बाहिरिने पक्का भएको हो । नेदरल्यान्ड्सले दक्षिण […]

157 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप अन्तर्गत सुपर १२ को समुह २ को खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेपछि भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूहको आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकालाई सेमिफाइनलमा प्रवेश गर्न जित आवश्यक थियो । तर नेदरल्यान्ड्सविरुद्ध खराब प्रदर्शन गर्दै हार बेहोरेपछि टोली समूह चरणबाट नै बाहिरिने पक्का भएको हो । नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गर्दै विश्वकपको दोस्रो जित निकाल्यो । यसअघि जिम्बावेलाई हराएको नेदरल्यान्ड्सको ४ अंक पुगेको छ ।

नेदरल्यान्ड्सको जितले भारत भने एक खेल अगावै सेमिफाइनल पुगेको छ । भारतले ४ खेलमा ३ जित र १ हारसहित ६ अंक जोडेको छ । दक्षिण अफ्रिकाको ५ खेलमा २ जित, २ हार र १ अनिर्णितसँगै ५ अंक छ । अब पाकिस्तान र बंगलादेशमध्य एक टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । दुवै टोलीको ४ अंक छ । आज नै पाकिस्तान र बंगलादेशबीच खेल सुरु हुँदैछ । उक्त खेल जित्ने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

आज हुने अन्तिम खेलमा भारत र जिम्बावे पनि भिड्नेछन् । उक्त खेलमा भारत जित हासिल गर्दै समूह विजेताको स्थान पक्का गर्न चाहन्छ । जिम्बावे ३ अंक जोड्दै पुछारमा छ ।

यता समूह १ बाट न्युजिल्यान्ड र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । न्युजिल्यान्ड, इंग्ल्यान्ड र अष्ट्रेलियाको समान ७-७ अंक भएपनि नेट रनरेटका आधारमा शीर्ष दुई टोली अघि बढेका थिए । श्रीलंकाले ४ अंक जोड्दा आयरल्याण्डले ३ र अफगानिस्तानले २ अंक जोडे ।

April 15, 2024

मुम्बईमाथि चेन्नईको जित

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार मुम्बई इन्डियन्समाथि सानदार जित निकालेको छ । चेन्नईले मुम्बईलाई २० रनले हराएको हो । २ सय ७ रनको लक्ष्यको पछ्याएको मुम्बईले नटआउट रोहित शर्माको शतकका बावजुद २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रन मात्र बनाउन सक्यो । रोहित र इशान शर्माले पहिलो […]

April 14, 2024

हङकङ साउदी अरबविरुद्ध स्तब्ध

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसिसि प्रिमियर कपमा हङकङ साउदी अरेबिया विरुद्ध स्तब्ध भएको छ । समूह ए अन्तर्गत अल अमेरातमा भएको खेलमा हंगकंगलाई साउदीले ५५ रनको हार चखाएको हो । साउदीले दिएको २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको हङकङ १८.५ ओभरमा १ सय ४७ रनमा समेटियो । हङकङका लागि कप्तान निजाकत खानले […]

April 14, 2024

अकिबको ह्याट्रिकमा ओमानले कम्बोडियालाई हरायो

मस्कट (हाम्रो खेलकुद) – अलराउन्डर अकिब इल्यासले ह्याट्रिक लिएपछि एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूह बी को खेलमा आयोजक ओमानले कम्बोडियालाई ६३ रनले पराजित गरेको छ । अल अमेरत मैदानमा आइतबार वर्षाले खेलको सुरुवात प्रभावित भएपछि ११ ओभरमा घटाइएको थियो । कम्बोडियाले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिने निर्णय सफल भने भएन । […]

Success

Thank you for your time.