default_image

3 years ago

November 6, 2022

पाकिस्तान र बंगलादेश ‘क्वाटरफाइनल’ खेल्दै

455 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप अन्तर्गत सुपर १२ चरणमा पाकिस्तान र बंगलादेश भिड्दैछन् । समूह चरणको अन्तिम खेल यी दुईका लागि क्वाटरफाइनल सरह बनेको छ । दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग पराजित भएपछि समूहको सेमिफाइनल समीकरणमा अप्रत्याशित परिवर्तन आएको हो ।

पाकिस्तान र बंगलादेशको खेल केहीबेरमा सुरु हुँदैछ । बंगलादेशले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ । यस खेलमा विजेता हुने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह विजेताको छिनोफानो भने आज हुने भारत र जिम्बावेबीचको खेलपछि तय हुनेछ । दक्षिण अफ्रिका समूह चरणबाट बाहिरिएपछि पाकिस्तान र बंगलादेशको भाग्य खुलेको थियो ।

समूहको आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकालाई सेमिफाइनलमा प्रवेश गर्न जित आवश्यक थियो । तर नेदरल्यान्ड्सविरुद्ध खराब प्रदर्शन गर्दै हार बेहोरेपछि टोली समूह चरणबाट नै बाहिरिने पक्का भएको हो । नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गर्दै विश्वकपको दोस्रो जित निकाल्यो । यसअघि जिम्बावेलाई हराएको नेदरल्यान्ड्सको ४ अंक पुगेको छ ।

नेदरल्यान्ड्सको जितले भारत भने एक खेल अगावै सेमिफाइनल पुगेको छ । भारतले ४ खेलमा ३ जित र १ हारसहित ६ अंक जोडेको छ । दक्षिण अफ्रिकाको ५ खेलमा २ जित, २ हार र १ अनिर्णितसँगै ५ अंक छ । अब पाकिस्तान र बंगलादेशमध्य एक टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । दुवै टोलीको ४ अंक छ । आज नै पाकिस्तान र बंगलादेशबीच खेल सुरु हुँदैछ । उक्त खेल जित्ने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

आज हुने अन्तिम खेलमा भारत र जिम्बावे पनि भिड्नेछन् । उक्त खेलमा भारत जित हासिल गर्दै समूह विजेताको स्थान पक्का गर्न चाहन्छ । जिम्बावे ३ अंक जोड्दै पुछारमा छ ।

यता समूह १ बाट न्युजिल्यान्ड र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । न्युजिल्यान्ड, इंग्ल्यान्ड र अष्ट्रेलियाको समान ७-७ अंक भएपनि नेट रनरेटका आधारमा शीर्ष दुई टोली अघि बढेका थिए । श्रीलंकाले ४ अंक जोड्दा आयरल्याण्डले ३ र अफगानिस्तानले २ अंक जोडे ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.