3 years ago
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीका युवा ब्याटर अर्जुन घर्तीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध आक्रामक ब्याटिङ गरेका छन् । कर्णालीले सुदूरपश्चिम प्रदेशलाई १ सय ५१ रनको मध्यम विजयी लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली ३८.१ ओभरमा १ सय ५० रनमा अल आउट भयो । कर्णालीका अर्जुन घर्तीले ९६ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ७० रन बनाए । उनको यो राष्ट्रिय प्रतियोगितामा पहिलो अर्धशतक हो ।
सुवास ऐरले २२ बलमा ५ चौका प्रहार गर्दै २४ रनमा आउट भए । कप्तान रविन्द्रजंग शाही ७, विपिन रावल शून्य, विपिन शाही २, हिमान्शु शाही ३८ बलमा १ चौकासहित १२, दीपेन्द्र रावत ८, प्रकाश जैशी ९, दिवान पुन १ र अनुज चनारा शून्यमा आउट भए ।
सुदूरपश्चिम प्रदेशका नारायण जोशीले ५.१ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । तीव्र गतिका बलर हेमन्त धामीले १० ओभरमा १ मेडनसहित ३९ रन खर्चेर ३ विकेट लिए । गजेन्द्र बोहराले ६ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । मिलन बोहराले एक विकेट लिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]