default_image

2 years ago

November 8, 2022

मुलपानीको पिच राम्रो नभएपछि दोस्रो सेमिफाइनल टियुमा हुने

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मुलपानीको पिच राम्रो नभएपछि दोस्रो सेमिफाइनल खेल टियु क्रिकेट मैदानमा हुने भएको छ ।

प्रधानमन्त्री कपको तालिका अनुसार बिहीबार टियु र मुलपानी दुबैमा सेमिफाइनल हुने कार्यक्रम थियो । पहिलो सेमिफाइनल बिहीबार टियुमा समूह ए को विजेता नेपाल एपिएफ क्लब र समूह बी को उपविजेता मधेश प्रदेशबीच हुनेछ । उक्त खेल तालिका अनुसार नै सुरु हुनेछ ।

सोहि दिन दोस्रो सेमिफाइनल समूह बी को विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल मुलपानीमा हुनुपर्ने हो । तर उक्त खेल शुक्रबार टियु क्रिकेट मैदानमा हुने भएको छ । शुक्रबार विश्रामको दिन थियो । तर मुलपानीको पिच राम्रो नभएपछि टियुमा गर्ने भएको छ । फाइनल शनिबार टियु क्रिकेट मैदानमा हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले मुलपानीको पिच अनुमान अनुसार नभएपछि टेक्निकल कमिटिले टियुमा गर्ने निर्णय गरेको जनाएका छन् ।

‘नयाँ पिच बनेपनि आशा गरे जस्तो हुन सकेन । उता सेमिफाइनल खेल्ने टोलीले यता खेल्छौं भनेर निवेदन दिएका रहेछन् । टेक्निकल कमिटीले सेमिफाइनल पुग्ने चार टोलीलाई राखेर हुन्छ भन्ने गराएर यता सारेको हुन्’, प्रशान्तले हाम्रो खेलकुदसँग भने । त्यसैमा थपे, ‘तालिका बनाउँदा पिच राम्रो खेल्ला भन्ने भयो । तर त्यसो हुन सकेन । टिममको आग्रहमा टेक्निकल कमिटीले यता सारेको हो ।’

क्यानले माथिल्लो मुलपानी मैदानमा रहेका पाँच पिचै नयाँ माटो राखेको थियो । ८ इन्च माटो नयाँ राखेपनि प्रदर्शन भने उस्तै रह्यो । पहिला जस्तै ब्याटिङ गर्न कठिन भएपछि यता सार्न पुगेको हो । मुलपानी मैदानको कारण लगातार आलोचना हुँदै आएको छ । मुलपानीमा ५० ओभरको खेलममा एक सय रन बनाउन पनि कठिन पर्दै आएको छ ।

प्रधानमन्त्री कपको विजेताले १० लाख र उपविजेता टोलीले ५ लाख पाउनेछन् । सेमिफाइनलबाट बाहिरिने टोलीले ५०-५० हजार पाउनेछन् । त्यस्तै प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउने भएका छन् ।

प्रतियोगिता उत्कृष्ट ब्याटर र बलरले समान २० हजार पाउनेछन् । प्रतियोगिता उदीयमान खेलाडीले १० हजार प्राप्त गर्नेछन् । प्लेयर अफ द म्याचले ५ हजार पाउनेछन् । प्रतियोगिताको अनुमाति कुल बजेत १ करोड ५० लाख छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ६० लाख र अन्य क्यानले आन्तरिक श्रोतबाट पूरा गर्नेछ ।

मुलपानी मैदानको पछिल्लो अवस्थाबारे यहाँ पढ्न सक्नुहुन्छ : उस्तै छ मुलपानीको पिच

अंक तालिका

समूह ए मा नेपाल एपिएफ क्लब ४ खेलमा ७ अंकका साथ शीर्ष स्थानमा रह्यो । आर्मी ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । गण्डकी ४ खेलमा ५ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । सुदूरपश्चिम ४ खेलमा २ अंकका साथ चौथो स्थानमा रह्यो । कर्णाली जित विहीन हुँदै बाहिरियो ।

समूह बी मा पुलिस ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । मधेश ४ खेलमा ५ अंकका साथ पहिलो पटक सेमिफाइनलमा स्थान बनाउन सफल भयो । लुम्बिनी ४ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । प्रदेश १ ले ४ खेलमा २ अंकका साथ चोथो स्थानमा रह्यो । बागमती पहिलो पटक जित विहीन हुँदै बाहिरियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.