default_image

3 years ago

November 9, 2022

विश्वकपको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

371 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ ।

पाकिस्तान तेस्रो र न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा पुग्ने सोचमा हुनेछन् । न्युजिल्यान्ड सुपर १२ को समूह ए को विजेता र पाकिस्तान सुपर १२ को समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका हुन् । दोस्रो सेमिफाइनलमा शुक्रबार भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार मेलबर्न क्रिकेट ग्राउन्डमा हुनेछ ।

न्युजिल्यान्डले सुपर १२ मा अष्ट्रेलियालाई ८९ रन, श्रीलंकालाई ६५ रन र आयरल्यान्डलाई ३५ रनले हराएको थियो । इंग्ल्यान्डसँग २० रनले पराजित हुँदा अफगानिस्तानसँग वर्षाको कारण अंक बाँडेको थियो ।

पाकिस्तान पहिलो खेलमा भारतसँग चार विकेटले पराजित भएको थियो । जिम्बावेसँग एक रनले स्तब्ध भएको पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेट, दक्षिण अफ्रिकालाई डकवर्थ लेविस पद्धतिको आधारमा ३३ रन र बंगलादेशलाई पाँच विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग पराजित भएपछि पाकिस्तान सेमिफाइनलमा पुगेको हो । पाकिस्तान यस विश्वकपको सबैभन्दा भाग्यशाली टोली हो । यता केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्डले विश्वकपमा लगातार सानदार प्रदर्शन गर्दै आएको छ ।

पाकिस्तान २००९ को टि२० विश्वकप च्याम्पियन टोली हो । सन् २००७ को फाइनलमा भारतसँग पराजित भएको थियो । न्युजिल्यान्ड गत वर्ष पहिलो पटक फाइनलमा पुग्दै अष्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो ।

पाकिस्तान महत्त्वपूर्ण खेलमा कप्तान बाबर आजम र मोहम्मद रिजवानबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । यी दुई ब्याटर पाकिस्तानका प्रमुख हतियार हुन् । यस विश्वकपमा भने दुवैले सोचेजस्तो प्रदर्शन गर्न सकेका छैनन् । यस विश्वकपमा बाबर आजम ३९ र मोहम्मद रिजवानले १ सय ३ रन बनाएका छन् । पाकिस्तानले पाएको यो अवसर बाबर र रिजवानका लागि पनि फलदायी सावित हुन सक्छ ।

मध्यक्रमका तीन ब्याटर मोहम्मद हरिस, इफ्तिखार अहमद र शान मसुदको प्रदर्शन महत्वपूर्ण हुनेछ । भारतविरुद्ध अर्धशतक हानेका इफ्तिखार र मसुदबाट मध्यक्रममा भरपर्दो ब्याटिङ चाहन्छ । इफ्तिखारले भारत र दक्षिण अफ्रिकाविरुद्ध सानदार ब्याटिङ गरेका थिए । उनको मनोबल उच्च हुनेछ ।

यता शादब खानले दक्षिण अफ्रिकाविरुद्ध २० बलमै अर्धशतक हानेका थिए । पाकिस्तान शादब र मोहम्मद नवाजबाट राम्रो अन्त्य चाहन्छ । पाकिस्तानको मध्यक्रम प्रमुख समस्या हो । तर यस विश्वकपमा मध्यक्रम भन्दा ओपनरको प्रदर्शन ठूलो चिन्ताको विषय बनेको छ ।

पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण उत्कृष्ट छ । शाहिन शाह अफ्रिदी, हरिस रौफ, नसिम शाह र मोहम्मद वासिम जुनियर छन् । अफ्रिदीले बंगलादेशविरुद्ध चार विकेट लिँदै लयमा फर्किएको संकेत दिएका छन् । उनबाट पाकिस्तान उत्कृष्ट प्रदर्शन चाहन्छ ।

रौफले डेथ ओभरमा लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । नसिम शाह र जुनियरले पनि लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । स्पिनरमा शादब खान र नवाज रहनेछन् । शादबले बलिङमा पनि सानदार प्रदर्शन गर्दै आएका छन् ।

अष्ट्रेलियालाई हराउन डेभन कन्वेले ५८ बलमा ९२ रन फिन एलेनले १६ बलमा ४२ रन जोडेका थिए । दोस्रो खेल वर्षाको कारण अफगानिस्तानसँग अंक बाँड्नु परेको थियो । श्रीलंकालाई ६५ रनले हराएको थियो ।

श्रीलंकाविरुद्ध जितमा ग्लेन फिलिप्सले ६४ बलमा १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए । न्युजिल्यान्ड इंग्ल्यान्डसँग २० रनले पराजित भएको थियो । फिलिप्सले उक्त खेलमा ६२ रन जोडेका थिए । न्युजिल्यान्डले आयरल्यान्डलाई ३५ रनले हराएको थियो । उक्त खेलमा केन विलियम्सनले ३५ बलमा ६१ रन जोडेका थिए ।


विलियम्सन, फिलिप्स, कन्वे र एलेन प्रमुख ब्याटर हुन । फिलिप्स उच्च लयमा छन् । उनले ४ खेलमा १ सय ९५ रन बनाएका छन् । कन्वेले १ सय २४, विलियम्सनले १ सय ३२ र फिन एलेनले ९१ रन बनाएका छन् ।

चार ब्याटरको प्रदर्शनले न्युजिल्यान्डको ब्याटिङ योगफल निर्धारण हुने देखिन्छ । न्युजिल्यान्डको तल्लोक्रम कमजोरीको रुपमा छ । जेम्श निसम, डर्याल मिचेल र मिचेल सान्टनार रहनेछन् ।

गतवर्ष इंग्ल्यान्डलाई पाँच विकेटले हराउँदै फाइनलमा पुर्याउन डर्याल मिचेल हिरो बन्दै ४७ बलमा ७२ रनको अविजित इनिङ खेलेका थिए । न्युजिल्यान्ड मैदानमा सधैं उच्च प्रदर्शन गर्ने टोली हो । कागजी रुपमा खासै स्टार खेलाडी नभएपनि मैदानमा दमदार प्रदर्शन गर्ने गर्दछन् ।

न्युजिल्यान्डको बलिङ आक्रमण मजबुत छ । तीव्र गतिका बलर ट्रेन्ट बोल्ट, टिम साउथी र लोकी फर्गुसन हुनेछन् । यी तीन तीव्र गतिका बलरले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । स्पिनर मिचेल सान्टनार र ईश सोधी हुनेछन् ।

पाकिस्तानले १९९२ को एकदिवसिय विश्वकप उपाधि जित्दा सेमिफाइनलमा न्युजिल्यान्डलाई नै ४ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यो समय न्युजिल्यान्ड शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेलेको थियो । आजको खेलमा दुबै टोलीमा परिवर्तनको भने सम्भावना कम छ ।

हेड टु हेड :

यी दुई देशबीच कुल २८ खेल हुँदा पाकिस्तान १७ र न्युजिल्यान्ड ११ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच खेलमा पाकिस्तान चार खेलमा विजयी भएको छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.