default_image

3 years ago

November 10, 2022

‘सेमिफाइनलमा भारतविरुद्ध विशेष इनिङ खेलें’ – हेल्स

144 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका ओपनर एलेक्स हेल्सले भारतविरुद्ध जितमा उत्कृष्ट प्रदर्शन गरेपछि आफ्नो लागि विशेष इनिङ रहेको बताएका छन् ।

एडिलेडमा भारतविरुद्ध १० विकेटको जित हासील गर्ने क्रममा हेल्स र कप्तान जस बटलरले १ सय ७० रनको साझेदारी गरे । १६ ओभरमा खेल समाप्त गर्ने क्रममा हेल्सले ८६ र बटलरले ८० रन जोडे । हेल्सले ४७ बलको सामना गर्दै ४ चौका र ७ छक्का प्रहार गरेका थिए । उनले २८ बलमा नै अर्धशतक पूरा गरेका थिए ।

हेल्सले भारतविरुद्ध सेमिफाइनल भएकाले पनि इनिङ विशेष रहेको बताए । ‘पक्कैपनि यो मेरो करिअरको उत्कृष्ट इनिङमा पर्छ । आजको प्रदर्शनबाट निकै खुसी छु । विश्वकपको सेमिफाइनल, त्यो पनि भारत विरुद्ध । आजको दिन निकै विशेष छ,’ उनले सुनाए ।

अष्ट्रेलियाको बिग ब्यास लिगमा मेलबर्न रेनेगेड्सका लागि खेलेका हेल्सले यो मैदान आफ्नो लागि सहज हुने बताए । ‘यो विश्वको उत्कृष्ट मैदानमा पर्छ । व्यक्तिगत रुपमा पनि मलाई यहाँ खेलेकोले निकै मनपर्छ । यहाँ पावरप्लेमा ब्याटिङ गर्न मजा आउँछ । स्क्वायरमा छोटो बाउन्ड्री भएकाले खुलेर खेल्न सक्छु । मेरो लागि पनि यो मैदान विशेष रहेको छ,’ उनले भने ।

हेल्स पछिल्लो समय इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट बाहिर थिए । तर विश्वकपअघि जोनी बेयरस्टो घाइते हुनु र जेसन रोय लयबाट बाहिर रहेपछि उनले अवसर पाएका थिए । बिग ब्यासको प्रदर्शन पनि उनको छनोटमा मुख्य कारण थियो ।

हेल्सले खेलपछि भने, ‘मैले सोचेको थिइनँ फेरी विश्वकप खेल्न पाउँछु भनेर । फेरी यो अवसर पाएकोमा खुसी थिएँ । अष्ट्रेलियामा आएर उपलब्धि हासिल गरेका छौं । आज जसले (बटलर) ले पनि उत्कृष्ट खेले ।’

यो पनि : भारतमाथि सानदार जितसँगै इंग्ल्यान्ड फाइनलमा

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.