default_image

3 years ago

November 12, 2022

ओपनर सोमपाल डक आउट

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका तीव्र गतिका बलर सोमपाल कामी प्रधानमन्त्री कप एकदिवसीय प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबविरुद्ध डक आउट भएका छन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले ४ ओभरमा १ विकेट गुमाउँदै १० रन बनाएको छ । आर्मीका ओपनर सोमपाल कामी डक आउट भएका छन् ।

चोभार एण्डबाट आएका तीव्र गतिका बलर किशोर महतोको दोस्रो ओभरको पाँचौं बलमा सोमपाल कभरमा सुमित महर्जनबाट क्याच आउट भए । क्रिजमा अर्जुन साउद ९ र हरि चौहान १ रनमा छन् ।

टियु क्रिकेट मैदानमा एपिएफका कप्तान शर भेषावकरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । लामो समयको विवादपछि तीव्र गतिका बलर सोमपाल कामीले फाइनल खेल्न पाउने भएका छन् ।आर्मीले आजको खेलमा आर्मीले एक परिवर्तन गरेको छ । स्पिनर साहब आलमको औंलामा चोटका कारण सोमपाल कामी आएका छन् ।

आर्मीले आजको खेलमा सोनु तामाङ, आकाश चन्द र साहब आलम बेन्चमा छन् । एपिएफले आजको खेलमा आयुषमान बम, दीपक बोहरा र पुरन विकलाई बेन्चमा राखेका छन् ।

खेल ४०(४० ओभरको हुनेछ । सोमपाल कामीको विवादको कारण खेल दुई घण्टा ढिलो भएर सुरु भएको हो । आर्मी र एपिएफबीचको खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनुपर्ने थियो। नियम अनुसार टस विहान ८ः३० मा हुनुपर्ने थियो ।

तर आर्मीले प्लेइङ ११ मा सोमपालको नाम समावेश गरेपछि एपिएफका कप्तान शरद भेषावकरले टस गर्न मानेका थिएनन् । म्याच रेफ्री बुद्धि बहादुर प्रधानसमक्ष उनले आर्मीले सोमपाललाई प्लेइङ ११ मा समावेश गर्न नपाउने तर्क राखेका थिए ।

सोमपाल विवादबारे सम्पूर्ण जानकारी : सोमपाल विवादले फाइनल सुरु हुन सकेन

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.