default_image

9 years ago

December 25, 2016

शिव पौडेल स्मृति कप अन्तर कलेज क्रिकेट यसै साता

166 views

0 Bookmark

राकेश तिमल्सिना
चितवन– पूर्वाञ्चलनमा सातौं राष्ट्रिय खेलकुद समापनकै दिन चितवनमा शिव पौडेल स्मृति कप अन्तर कलेज क्रिकेट प्रतियोगिताको चौथो संस्करण सुरु हुने भएको छ । वीरेन्द्र बहुमुखी क्याम्पस नेवि संघ इकाइ कमिटीको आयोजनामा मा प्रतियोगिता विशाल चोकस्थित क्रिकेट मैदानमा पुस १५ गते सुरु हुनेछ ।

cricket-whatsapp-group

पुस २ गतेबाट सुरु हुने भनिएको सोही समयमा राष्ट्रिय खेलकुद सञ्चालन हुने भएकाले प्रतियोगिता रोक्नु परेको थियो । यसअघि ३ पटक सफलतापुर्वक सम्पन्न भएको प्रतियोगितालाई आउने बर्षमा निरन्तरताका लागि प्रयास गरिने प्रतियोगिता संयोजक एवं पूर्व राष्ट्रिय क्रिकेट खेलाडी अनिल अधिकारी बताए । स्थानिय स्तरका खेलाडीले आफ्नो कौशल देखाउन प्रतियोगिता एउटा राम्रो माध्यम बन्नेमा आयोजकहरु आशावादी छन् । चितवन क्रिकेट एकेडेमीका सञ्चालक एवंम् नेपाली क्रिकेटका पूर्व कप्तान राजु खड्का स्थानिय प्रतियोगिता निरन्तर आयोजना हुनु पर्नेमा जोड दिन्छन् ।

प्रतियोगितामा सहभागि हुने १८ टोलीलाई दुई समूहमा २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडी,क्षेत्रिय तथा उमेर समूहका र स्थानिय खेलाडीको सहभागिता रहनेछ । स्थानिय सन्तोष न्यौपाने प्रतियोगीताका लागि आफुहरु तयार रहेको बताए । स्थानिय प्रतियोगिताले राष्ट्रिय स्तरका खेलाडीसँग खेल्न पाउने अवसर पाउनु आफुहरुका लागि उत्साजनक भएको अर्का स्थानिय खेलाडी सुनिल दहालले बताएका छन् ।
प्रतियोगिताको उद्घाटन सत्रमा लोकप्रिय पप ब्याण्ड नाइन्टिन सेभेन्टी फोर एडी, इलेभेन थर्टी बसन, राजु लामा लगायतका संगीतकर्मीहरुको सांगीतिक प्रस्तुति रहने संयोजक अधिकारीले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख ६८ हजार नौँ सय दुई रुपैयाँ प्राप्त गर्नेछन । दोस्रो हुने टोलीले १ लाख ३८ हजार नौँ सय दुई रुपैयाँ पाउनेछन् । प्रतियोगिता आयोजनाका लागि झन्डै २६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । २०६८ साल पुस २ गते भरतपुर कारागारमा मृत्यु भएका तरुण दल चितवनका तत्कालिन अध्यक्ष स्व. शिव पौडेलको सम्झनामा क्रिकेट प्रतियोगिताको आयोजना गरिदै आएको छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.