default_image

2 years ago

November 16, 2022

इंग्ल्यान्डले टि२० विश्वकप जित्नुको १० कारण

92 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै उपाधि जित्न सफल भयो । आफ्ना प्रमुख खेलाडी जोफ्रा आर्चार, रिस टोप्ली, जोनी बेयरस्टो चोटका टोलीमै थिएनन् । मार्कवुड र डेविड मलानले सेमिफाइनल र फाइनल गुमाए । तर पनि इंग्ल्यान्डले भारत, पाकिस्तान, न्युजिल्यान्ड जस्ता देशलाई हराउँदै उपाधि जित्यो ।

इंग्ल्यान्डले सन् २०१० पछि पहिलो पटक टि२० विश्वकप उपाधि जितेको हो । २०१९ को एकदिवसीय विश्वकप च्याम्पियन इंग्ल्यान्ड यस विश्वकपको सुरुवातमै आयरल्यान्डसँग वर्षाको कारण पाँच रनले स्तब्ध हुन पुग्यो ।

आयरल्यान्डसँग पराजित भएपछि धेरैले इंग्ल्यान्ड सेमिफाइनलमा पुग्नेमै शंका गरेका थिए । अष्ट्रेलियासँगको निर्णायक खेल वर्षाको कारण हुन नसकेपछि एक एक अंक बाँडेको थियो ।

पछिल्लो समय त्यसैको कारण विश्व क्रिकेटमा सिमित ओभरको क्रिकेटमा आफ्नो प्रभाव बढाउँदै गएको छ । इंग्ल्यान्डले केहि प्रमुख खेलाडी विना नै विश्वकप जित्यो । विश्व क्रिकेटको पावर हाउस भारतलाई इंग्ल्यान्डले सेमिफाइनलमा १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । इंग्ल्यान्डले टि२० विश्वकप जित्नुका १० कारण यस प्रकार छन् ।

१०. ठूला टोलीसँगको तयारी

विश्वकप अघि इंग्ल्यान्डले ठूला टोलीसँग राम्रो तयारीको अवसर पायो । इंग्ल्यान्डले गत जुलाई यता भारत, दक्षिण अफ्रिका, पाकिस्तान र अष्ट्रेलियासबैसँग सिरिज खेलेको थियो । विश्वकपमा यी नै प्रमुख उपाधि दाबेदार थिए । घरेलु मैदानमा भारत र दक्षिण अफ्रिकासँग सिरिज समान २–१ ले नै गुमायो ।

त्यसपछि इंग्ल्यान्ड ७ टि२० आई खेलको सिरिज खेल्न पाकिस्तान गयो । जहाँ सिरिज ४-३ तीनले जित्न सफल भयो । विश्वकप खेल्नु अघि घरेलु टोली अष्ट्रेलियामाथि तीन सिरिजको सिरिज क्लिनस्विप गर्यो । इंग्ल्यान्डले विश्वकपका प्रमुख दाबेदारसँग सिरिज खेल्यो ।

हारबाट आफ्नो कमजोरी थप सुधार गर्यो । सबै खेलाडीले लगातारसँगै क्रिकेट खेल्न पाए । भारत, पाकिस्तान, अष्ट्रेलिया र दक्षिण उत्कृष्ट तीव्र गतिको बलिङ आक्रामणबाट इंग्ल्यान्डका ब्याटरले आफ्नो गल्ती सुधार गर्ने अवसर पाए । बलरले विश्वस्तरिय ब्याटरविरुद्ध बलिङ गर्दै कमजोरी थप सुधार गरे । सानो टोलीसँग जित्नु भन्दा ठूलो टोलीसँग हार्नु टिम विकाशमा धेरै प्रभावकारी हुन्छ ।

९.टि२० खेलाडीमा ध्यान बढी जोड

२०१५ को एकदिवसीय विश्वकपमा पहिलो चरणबाटै बाहिरिएपछि इंग्ल्यान्डले सिमित ओभरको क्रिकेटमा आमूल परिवर्तन लियो । अझ भन्नु पर्दा विश्व क्रिकेटमा आफ्नो आक्रामक ब्रान्डको क्रिकेट सुरु गर्यो । टि२०, वान डे र टेस्टमा फरक टोली बनायो ।

त्यसैले २०१६ को फाइनलमा पराजित भयो । २०२१ को सेमिफाइनलमा हार्न पुग्यो । जो रुट इंग्ल्यान्डका प्रमुख ब्याटर हुन् । जसले टेस्ट र ओडिआईमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । तर इंग्ल्यान्डले पछिल्ला दुई विश्वकपमा बाहिर राख्यो । टि२० मा हेर्ने हो भने रुटको प्रदर्शन राम्रो नै छ ।

इंग्ल्यान्डको टोलीमा सबै टि२० विशेष खेलाडी छन् । जस बटलर, एलेक्स हेल्स, फिलिप साल्ट, बेन स्टोक्स, लियाम लिभिङस्टोन, मोईन अली, साम करन, जोनी बेयरस्टो, बेन स्टोक्स, डेविड मलान टि२० विशेष खेलाडी हुन् । जसले एकै ओभरमा खेललाई मोड्न सक्ने खुबी राख्छन् । सबै टि२० खेलाडी हुँदा मनोबलनै उच्च छ ।

त्यो मात्र होईन क्रिस जोर्डन, क्रिस वोक्स, मार्क वुड, डेविड विल्ली यी सबै बलरबाट तल्लोक्रममा रनको आशा गर्न सक्छ । यस टोलीमा हेर्ने हो भने बेन स्टोक्स र साम करन बाहेक अन्य कुनैपनि टेस्ट खेल्ने खेलाडी छैनन् । टि२० खेलाडीमा जोड दिएपछि इंग्ल्यान्ड च्याम्पियन बनेको हो ।

८.फरक प्रशिक्षक

इंग्ल्यान्डको विश्व क्रिकेटको एकमात्रै त्यो टिम हो जसले टेस्ट र सिमित ओभरको क्रिकेटमा फरक प्रशिक्षक राखेको छ । टेस्ट क्रिकेटको मुख्य प्रशिक्षकमा ब्रेन्डम म्याकुलम छन् । सिमित ओभरको क्रिकेटमा म्याथ्यु मट् छन् । सिमित ओभरको कप्तान जस बटलर र टेस्टको बेन स्टोक्स छन् ।

टेस्ट र सिमित ओभरको क्रिकेट फरक हो । इंग्ल्यान्डले सिमित ओभरमा फरक प्रशिक्षक राखेको थियो । अष्ट्रेलिया महिला क्रिकेट टोलीलाई एकदिवसीय र टि२० विश्वकप उपाधि जिताई सकेका मट्ले इंग्ल्यान्डको सिनियर टोलीलाई पनि जिताए ।

उनले एकै वर्षमा दुई फरक देशबाट प्रशिक्षकको रुपमा विश्वकप जिते । फरक प्रशिक्षकको रणनीतिले पनि इंग्ल्यान्डलाई सफल बनाएको छ ।

७.मिल्दो कन्डिसन

खेलाडीको प्रदर्शनमा कन्डिसले धेरै फरक पार्छ । दक्षिण एसियाका ठूला टोली इंग्लिस र युरोप कन्डिसनमा गएर उत्कृष्ट खेल्न गाह्रो पर्छ । इंग्लिस तथा युरोप कन्डिसनमा खेलेका खेलाडीलाई दक्षिण एसियामा खेल्न कठिन पर्छ ।

तर अष्ट्रेलिया र इंग्ल्यान्डको कन्डिसन मिल्दो जुल्दो छ । त्यसैले इंग्ल्सि खेलाडीलाई खेल्न कुनै गाह्रो भएन । इंग्ल्यान्डका खेलाडीले कन्डिसनको पनि फाइदा उठाए ।

६. हेल्स र बटलरको लय

यस विश्वकपमा ओपनर एलेक्स हेल्स र कप्तान जस बटलरले सानदार प्रदर्शन गरे । विशेषगरी महत्वपूर्ण खेलमा प्रदर्शन दमदार रह्यो । भारतविरुद्ध १ सय ६९ रनको लक्ष्य इंग्ल्यान्डले सेमिफाइनलमा १६ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । हेल्सले ८६ र जस बटलरले ८० रन बनाएका थिए । भारतलाई नै १० विकेटले हराएपछि मनोबल उच्च भयो ।

न्युजिल्यान्डविरुद्ध १०.२ ओभरमा ८१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । बटलरले ७३ र हेल्सले ५२ रन बनाएका थिए । श्रीलंकाविरुद्ध ७.२ ओभरमा ७५ रनको साझेदारी गरेका थिए । बटलरले ६ खेलमा २ सय २५ र २ सय १२ रन बनाए । राम्रो सुरुवात पाउँदा इंग्ल्यान्डलाई जित निकाल्न सहज भयो । टि२० क्रिकेटमा एक खेलाडी चल्दा सहज जित निकाल्न सकिन्छ ।

५.मजबुत ब्याटिङ लाइनअप

इंग्ल्यान्ड त्यस्तो टोली हो जसको ११ नम्बर सम्मका सबै खेलाडी ब्याटिङबाट खेल जिताउन सक्ने क्षमता राख्छन् । अन्य टोली जस्तो ६-७ विकेट गएपछि आशा मार्न इंग्ल्यान्डको टोलीमा सकिँदैन ।

तल्लोक्रमका क्रिस जोर्डन, साम करन, क्रिस वोक्स, आदिल राशिद, मोईन अली यी सबै कलर राम्रो ब्याटिङका लागि चिनिन्छन् । टेलेन्डर राम्रो हुँदा ब्याटिङमा गहिराई र मजबुत छ ।

बेन स्टोक्स, लियाम लिभिङस्टोन, मोईन अली, क्रिस वोक्स र साम करन जस्ता विश्वस्तरिय अलराउन्डर हुँदा ब्याटिङ झनै मजबुत बन्यो । हेल्स, बटलर, मलान, ह्यारी ब्रुक, फिलिप साल्ट जस्ता प्रमुख ब्याटर अलराउन्डरको साथ पाउँदा विना दबाब खुलेर खेल्न पाएका छन् र । त्यसले प्रदर्शन उत्कृष्ट बनेकोछ ।

४.डेथ ओभरमा साम करनको प्रभाव

यसअघि इंग्ल्यान्डको सबैभन्दा ठूलो समस्या डेथ ओभर बलिङ थियो । २०१६ को टि२० विश्वकप फाइनलमा अन्तिम ६ बलमा वेस्टइन्डिजलाई जितको लागि १९ रन चाहिँदा बेन स्टोक्सलाई कार्लोस व्रेथवेटले लगातार चार छक्का हानेका थिए ।

गत वर्ष टि२० विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डसँग इंग्ल्यान्ड पाँच विकेटले पराजित हुँदै बाहिरियो । उक्त खेलमा इंग्ल्यान्डले अन्तिम तीन ओभरमा ५७ रन खर्चेर बाहिरिएको थियो ।

तर यस विश्वकपमा साम करनले त्यो समस्या समाधान बनेर निस्किए र च्याम्पियन बनाए । यस विश्वकपमा साम करनले ६ खेलमा २२.४ ओभरमा १ सय ४८ रन खर्चेर १३ विकेट लिँदै प्लेयर अफ द टुनामेन्ट चुनिए ।

फाइनलमा करनले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । उनले कुनै पनि बाउन्ड्री खाएनन् । बाउन्स, स्वलो बल र योर्करको राम्रो प्रयोग गर्दै डेथ ओभरमा सानदार बलिङ गर्दै च्याम्पियन बनाए ।

३. बटलरको कप्तानी

विकेटकिपर जस बटलरले पहिलो कप्तानी विश्वकपमै टोलीलाई च्याम्पियन बनाए । कुनैपनि टोलीको लागी कप्तानको भूमिका जितको लागि महत्वपूर्ण हुन्छ । टोलीमा स्टार खेलाडी भएर मात्रै च्याम्पियन बन्न सकिँदैन । कठिन समयमा कप्तानले लिने निर्णय सधैं निर्णायक हुन्छ ।

एक सेकेन्डको निर्णयले जित र हार निर्धारण गर्छ । त्यो बलिङ, फिल्डिङ र ब्याटिङ कुनैपनि कुरा परिवर्तन हुनसक्छ । फिल्डिङ सजाबट र बलर प्रयोगमा विकेटकिपरको भूमिका महत्वपूर्ण हुन्छ । विपक्षी ब्याटरको कमजोरी विकेटकिपरले सहजै पत्ता लगाउन सक्छन् ।

यसअघि ओईन मोर्गन इंग्ल्यान्डका सफल कप्तान हुन् । तर मोर्गनको कप्तानी ड्रेसिङ रुमको इशाराबाट बडी चल्ने गर्दथ्यो । त्यो किसिमको कप्तानी कहिले काहिँ धोका दिनसक्छ । गतवर्ष विश्वकप सेमिफाइनलमा इंग्ल्यान्डले ठूलो मूल्य चुकाउनु परेको थियो । मोर्गन ड्रेसिङ रुमको चक्करमा बलर काउन्टमा चुकेका थिए ।

त्यसैको कारण न्युजिल्यान्डले अन्तिम १८ बलमा ५७ रन जोडेको थियो । यस पटक बटलरले त्यो साहरा लिएनन् । डेविड मलानलाई न्युजिल्यान्डविरुद्ध आठौं नम्बरमा ब्याटिङ गराएका थिए । परिस्थीथि अनुसार प्रयोग गरे । विश्वकप जिताउन सानदार कप्तानी र प्रदर्शन गरे ।

२. खेलाडीमा विश्वास

इंग्ल्यान्डले खराब प्रदर्शनमा पनि आफ्ना खेलाडीलाई साथ दियो । टोलीमा धेरै परिवर्तन गरेन । आफ्ना प्रमुख खेलाडीलाई खराब प्रदर्शनमा पनि साथ दियो । क्रिस जोर्डन गतवर्ष डेथ ओभरमा कमजोर प्रदर्शन गरेका थिए । तर उनलाई साथ दियो । त्यसैले उनले सेमिफाइनलमा सानदार प्रदर्शन गरे ।

विश्वकप अघि एलेक्स हेल्सको प्रदर्शनमा प्रश्न उठेको थियो । तर विश्वकपमा हेल्स नै नायक बने । बेन स्टोक्स लामो समयदेखि टि२० खेल खेलेका थिएनन् । तर टोलीले उनलाई साथ दियो । लियाम लिभिङस्टोनले यस विश्वकपमा ब्याटिङमा अपेक्षा अनुसार प्रदर्शन गरेनन् । तर पनि सबै खेलाडीलाई साथ दियो ।

आफ्नो उत्कृष्ट टोली यहिँ हो भने त्यसमा अन्य फेरबदल गर्न चाहेन । त्यसैको कारण खेलाडीले स्वतन्त्र रुपमा प्रदर्शन गर्न पाए र उच्च प्रदर्शन गरे ।

१.आफ्नो ब्रान्डको क्रिकेट

२०१५ को विश्वकपमा खराब प्रदर्शनपछि इंग्ल्यान्डले आफ्नो खेल्ने शैली फेरेको थियो । त्यसपछि निडर शैलीको क्रिकेटले विश्वमै ठूलो परिवर्तन ल्याएको छ । इंग्ल्यान्डले हारमा होस् वा जितमा । आफ्नो आक्रामक शैली कहिल्यै फेरेन । बरु लज्जास्पद हार बेहोर्न तयार भयो ।

सफलता पाउन अन्यले भन्दा फरक तरिकाले गर्नुपर्छ । एउटै किसिमको भए नतिजा आउन सक्दैन । त्यो नै इंग्ल्यान्डको विश्वकप जित्नुको आधार हो । भारत र न्युजिल्यान्डविरुद्ध त्यसको प्रभाव देखियो । भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका लगायतका अन्य टोली एक दुई विकेट गुमेपछि आक्रामक क्रिकेटमा जोखिम लिएको कमै खेल्छन् ।

खेलाडी पनि त्यसै अनुसार तयार पारेको छ । बेन्चमार्क तयारमा पनि आक्रामक ब्याटरलाई प्राथमिकतामा राखेको छ । त्यसैले आक्रामक ब्याटरको बाहुल्यता छ । त्यहिँ आक्रामक ब्याटरको बाहुल्यताको कारण ५० ओभर र टि२० क्रिकेटमा विश्वकै उत्कृष्ट टोली बनेको छ ।

एजेन्सीको सहयोगमा भुपेन्द्र जि.सी.को प्रस्तुती

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.