default_image

1 year ago

November 18, 2022

१७ वर्षीय आयन सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – युएईका १७ वर्षीय युवा अलराउन्डर आयन अफ्जल खान नेपालसँग तीन ओडिआई खेलमा प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् । युएईले तीन खेलको सिरिज १–२ ले गुमाएपनि आयनले सानदार अलराउन्ड प्रदर्शनका साथ सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । आयनले सर्वोत्कृष्ट खेलाडी वापत ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । अफ्जल खानले […]

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युएईका १७ वर्षीय युवा अलराउन्डर आयन अफ्जल खान नेपालसँग तीन ओडिआई खेलमा प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् ।

युएईले तीन खेलको सिरिज १–२ ले गुमाएपनि आयनले सानदार अलराउन्ड प्रदर्शनका साथ सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । आयनले सर्वोत्कृष्ट खेलाडी वापत ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । अफ्जल खानले तीन खेलमा ८४ रन बनाउनुको साथै पाँच विकेट लिँदै सानदार प्रदर्शन गरे ।

पहिलो खेलमा नेपालविरुद्ध नै ओडिआईमा डेब्यू गरेका आयनले २६ रन बनाउँदै ४ विकेट लिएका थिए । युएईलाई ८४ रनको जित दिलाउन आयनले १० ओभरमा ४ मेडन राख्दै १४ रन खर्चेर ४ विकेट लिँदै यादगार प्रदर्शन गरेका थिए । दोस्रो खेलमा आयनले दुई रन बनउँदा ३३ रन खर्चेका थिए ।

तेस्रो खेलमा आयन खानले ५४ रनको अविजित इनिङ खेले । एक समय ९३–९ को दयनीय अवस्थामा पुगेको युएईलाई १ सय ७६ रन सम्म पुर्याउन आफ्नो करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए । आयनले एक विकेट लिए । अथोडक्स स्पिनर आयनले तीनै खेलमा प्रभावशाली प्रदर्शन गरेका थिए ।

युएई पहिलो खेलमा ८४ रनले विजयी हुँदै सिरिजमा सानदार सुरुवात गरेको थियो । तर त्यसपछि तीन विकेट र ६ विकेटले पराजित हुँदै सिरिज गुमायो ।

यो पनि : ज्ञानेन्द्र र आसिफको उत्कृष्ट ब्याटिङमा नेपाललाई सिरिज उपाधि

April 15, 2024

मुम्बईमाथि चेन्नईको जित

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार मुम्बई इन्डियन्समाथि सानदार जित निकालेको छ । चेन्नईले मुम्बईलाई २० रनले हराएको हो । २ सय ७ रनको लक्ष्यको पछ्याएको मुम्बईले नटआउट रोहित शर्माको शतकका बावजुद २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रन मात्र बनाउन सक्यो । रोहित र इशान शर्माले पहिलो […]

April 14, 2024

हङकङ साउदी अरबविरुद्ध स्तब्ध

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसिसि प्रिमियर कपमा हङकङ साउदी अरेबिया विरुद्ध स्तब्ध भएको छ । समूह ए अन्तर्गत अल अमेरातमा भएको खेलमा हंगकंगलाई साउदीले ५५ रनको हार चखाएको हो । साउदीले दिएको २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको हङकङ १८.५ ओभरमा १ सय ४७ रनमा समेटियो । हङकङका लागि कप्तान निजाकत खानले […]

April 14, 2024

अकिबको ह्याट्रिकमा ओमानले कम्बोडियालाई हरायो

मस्कट (हाम्रो खेलकुद) – अलराउन्डर अकिब इल्यासले ह्याट्रिक लिएपछि एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूह बी को खेलमा आयोजक ओमानले कम्बोडियालाई ६३ रनले पराजित गरेको छ । अल अमेरत मैदानमा आइतबार वर्षाले खेलको सुरुवात प्रभावित भएपछि ११ ओभरमा घटाइएको थियो । कम्बोडियाले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिने निर्णय सफल भने भएन । […]

Success

Thank you for your time.